पर्यटकलाई विमानस्थलमा नै पीसीआरको सुविधा दिनुपर्छ «

पर्यटकलाई विमानस्थलमा नै पीसीआरको सुविधा दिनुपर्छ

सरकारले ट्रेकिङ र माउन्टेनेयरिङ कात्तिक १ गतेदेखि नै खुला गरेको छ । सरकारले असोज ९ गते पर्यटन क्षेत्रका संस्थाहरूको सहकार्यमा ९ बुंदे कोभिड–१९ को प्रोटोकल जारी ग-यो । यसमा व्यवसायीले सरकारलाई नेपाल आउने पर्यटकको होटल क्वारेन्टिनको समय ७ दिनबाट घटाएर ३ दिन गर्नुपर्ने भन्ने छ । उनीहरू नेपाल आउँदा ५ हजार डलरको बिमा गर्नुपर्ने पनि उल्लेख छ । बिमा रकम घटाउनु प-यो भनेर व्यवसायीले आग्रह गरेका छन् । त्यो बिमा यात्रा बिमाअन्तर्गत नै पर्ने भएकाले यस्तो आग्रह गरेको उनीहरूको भनाइ छ । व्यवसायीले पर्यटक नेपाल आउँदा विमानस्थलमा नै पीसीआर गर्न पाउने सुविधा दिनुपर्छ भन्दै आएका छन् । सरकारले अन्तिम समयमा आएर खुला गरे पनि पर्यटक आउने सम्भावना कम छ । सरकारी निर्णयका कारण आउन चाहनेहरूले पनि योजना नै बनाउन सकेनन् । यसका लागि होटल बुकिङ छैन । विदेशी पर्यटकले पहिले नै योजना बनाउने भएकाले गर्दा यही सिजनमा आउन भने समय लाग्ने गर्दछ । हाल पर्यटकको त्यति बुकिङ आइरहेको अवस्था छैन । सरकारले यो समयमा पदयात्रा तथा हिमाल आरोहणका लागि उपयुक्त समय रहेको सन्देश प्रवाह गर्न सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रले राहत पाउने देखिन्छ । यिनै विषयमा केन्द्रित भई कारोबारले होटल व्यवसायी र पर्वतारोहण संघका प्रतिनिधिसँग गरेको कुराकानी :

नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्छ
साजन शाक्य
महासचिव, होटल संघ नेपाल

सरकारले कात्तिक १ बाट हिमाल आरोहण र पदयात्रामा जाने पर्यटकलाई खुला गरेको छ । तर सिजनको अन्त्यमा आएर पर्यटका लागि खुला गरेर खासै उत्साह कायम हुने देखिँदैन । अक्टोबर नोभेम्बर महिना हिमाल आरोहण र पदयात्राको सिजन हो । अन्तिम समयमा आएर खुला गर्ने निर्णय गरे पनि ढिला भइसकेको छ । ट्रेकिङ र माउन्टेनका लागि आउनेहरूले अगाडि नै योजना बनाएका हुन्छन् । तर सरकारी निर्णयका कारण आउन चाहनेहरूले योजना नै बनाउन सकेनन् । यसका लागि होटल बुकिङ छैन ।
विदेशी पर्यटकले पहिले नै योजना बनाउने भएकाले गर्दा यही सिजनमा आउन भने समय लाग्ने गर्दछ । हाल त्यति बुकिङ आइरहेको अवस्था छैन । सरकारले यो समयमा पदयात्रा तथा हिमाल आरोहणका लागि उपयुक्त समय रहेको सन्देश प्रवाह गर्न सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रले राहत पाउने देखिन्छ । हिमाली क्षेत्रमा कोरोनाको असर कम परेकाले यो क्षेत्र सुरक्षित छ भनेर पर्यटन मन्त्रालय र पर्यटन बोर्डले विज्ञापन गरिदिनुपर्छ । आउन सहज वातावरण बनाइदिनु प¥यो । नेपाल रेडजोनमा परेकाले बिमाको व्यवस्था गरिदिनु प¥यो । नेपाल सुरक्षित छ भनेर पयर्टकले अनुभूत गर्नुप¥यो अनिमात्र पर्यटक आगमनमा केही सुधार आउने देखिन्छ । हाल क्वारेन्टिनमा रहेका नेपालीलाई खाना खुवाउन पाँच दर्जन होटल खुले पनि अरु सबै बन्द छन् । केही स्टाफ राखेर खोलेर बस्नुमात्रै परिरहेको छ । पर्यटक आएर संक्रमित भएको अवस्थामा होटलमा आइसोलेसनको व्यवस्था गरिसकेका छौं । यसका लागि होटल एसोसिएयसनले सबै होटललाई सर्कुलेसन गरिसकेको छ ।
क्वारेन्टिन र आइसोलेसन बनाइएका होटलमा पर्यटक राख्न मिल्दैन । तर, त्यसमा हामी सचेत छौं । विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर सञ्चालन गर्नेछौं । आइसोलेसन वा क्वारेन्टिन बनाएको होटलमा पयर्टक राख्नु परेको अवस्थामा ७२ घण्टा खाली गरेर डिसइन्फेक्टेड गरेर मात्रै राख्छौं । पर्यटक राख्न मिल्ने भनेर ग्रिन स्टिकर दिएपछि मात्रै पर्यटक राख्नेछौं । विदेशमा पनि यसै गरिरहेको अवस्था छ । त्यसमा पनि केही होटलमात्रै आइसोलेसन र क्वारेन्टिन राखिएको अवस्था हो ।
तर, विश्व नै कोरोनाका कारण प्रभावित भएकाले सन् २०२० मा मात्रै होइन ०२१ मा पनि पर्यटन गतिविधि कम हुने देखिन्छ । अघिल्लो वर्ष करिब ११ लाख पर्यटक नेपाल आएका थिए । तर, अब कोरोनाको खोप आएर अवस्था सहज भएको खण्डमा पनि ०२१ मा ११ लाखको २० प्रतिशतमात्रै पर्यटक आउलान् जस्तो लाग्छ । ११ लाख पर्यटक आउन अब अभैm तीन वर्षजति कुुर्नुपर्ने अवस्था छ । होटलमा कार्यरत कर्मचारीलाई यदि कोरोना संक्रमण भयो भने होटल व्यवस्थापनले सबै जिम्मा लिन्छ । उपचारदेखि बसाइ तथा बिमा पनि होटलले नै गरिरहेका छन् । आइसोलेसन वार्ड बनाएका होटलहरूले अस्पतालसँग सम्पर्क गरेर तत्काल संक्रमितलाई अस्पताल पु¥याउने व्यवस्था मिलाएका छन् । संक्रमितलाई सेनाले आएर उद्दार गर्ने गरेको छ । तर, सरकारले आर्थिक सहयोग भने गरेको छैन । अपेक्षितरूपमा सरकारले यस क्षेत्रका फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई राज्यले केही सेवा सुविधा प्रदान गर्नुपर्छ ।
काठमाडौंमा क्वारेन्टिन बनाइएका होटलबाहेक अरु होटल खासै खुलेका छैनन् । पोखरा र चितवनमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भनेर अभियान चलाइए पनि पर्यटकको चहलपहल अपेक्षित रूपमा बढेको छैन । होटल खोले पनि ५ प्रतिशत पनि अकुपेन्सी छैन । क्वारेन्टिन बनाइएका होटलले केही राहत महसुस गरे पनि फाइदा चाहिँ भएको छैन । खर्च धान्ने मात्रै हो । यसमा नाफा छैन, सरकारलाई सहयोगमात्रै हो । यो विषम परिस्थितिमा सबै तह तप्काबाट कोभिड–१९ को महामारीलाई न्यूनीकरण गर्नेतर्फ सबैको साथ सहयोग आवश्यक भएकाले गरेका हौं । पर्यटक नेपाल आएपछि बस्ने होटलमा ७ दिन क्वारेन्टिनमा बस्नै पर्छ । ७ दिनमा कोरोना परीक्षण गरिन्छ । पोजेटिभ आएको खण्डमा अस्पताल पठाइन्छ नेगेटिभ आए सात दिनमा घर पठाइन्छ । होटलका सम्पूर्ण स्टाफ पीपीई लगाएर, स्यानिटाइज भएर स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सेवा दिइरहेको अवस्था छ ।
कोरोनाले सबैभन्दा धेरै पर्यटनमा असर ग¥यो त्यसमा पनि होटल सबैभन्दा धेरै प्रभावित भए । २०२० लाई लक्षित गरेर धेरै नयाँ होटल पनि खुलेका थिए । पुराना होटलले पनि रिनोभेसन गरेका थिए । यसले धेरै लगानी भयो । त्यसैले सरकारले यसमा अलि बढी सहयोग गरिदिनुपर्छ । सरकारले दिने भनेको पुनर्कर्जा प्रवाह भएको छैन । यसलाई चाँडो प्रवाह गरिदिनुप¥यो । ब्याजमा सहुलियत र लोन चुक्ता गर्ने अवधि कम्तीमा चार वर्ष पु¥याउनुपर्छ । सरकारले नीतिगत निर्णय गरेको भए पनि कार्यान्वयन नगर्दा प्रभावितले लाभ लिन सकेका छैनन् । पर्यटन व्यवसाय भनेको लङटर्मको व्यवसाय हो । यसलाई टिकाउन सरकारले सहयोग गर्नुपर्छ । मजदुरलाई सामाजिक राहत कोषबाट पनि सहयोग गर्नुपर्छ भन्ने हाम्रो माग छ ।
नयाँ अर्थमन्त्री आउनु भएको छ । उहाँले सहुलियत दिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । यो व्यवसायलाई सरकारले सहुलियत दिएर टिकाउन सकेन भने धेरै व्यवसायी पलायन हुने अवस्था छ । भाडामा बसेका होटललाई झन बढी समस्या छ । होटल हेरेर सहज लोनको व्यवस्था गरिदिनुपर्छ ।
७२ घण्टाअघिको कोरोना नेगेटिभ रिपोर्ट लिएर आएका पर्यटकलाई अनिवार्य क्वारेन्टिनमा नराख्न हामीले माग गरेका छौं । ७ दिन पर्यटक क्वारेन्टिनमा बस्नुप-यो भने नेपाल आउने वातावरण नै रहँदैन । द्रुत गतिमा परीक्षण गरेर निर्वाध घुम्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो माग हो । सरकारले यसबारेमा निर्णय गर्ने भने पनि हालसम्म कुनै ठोस निर्णय गरेको छैन ।

होटल क्वारेन्टिनको दिन घटाउनुपर्छ
कुलबहादुर गुरुङ
महासचिव, नेपाल पर्वतारोहण संघ

सरकारले टे«किङ र माउन्टेनेरी १७ सेप्टेम्बर नै खुला गरेको छ । अक्टोबर १७ बाट मात्र सबै पर्यटकका लागि खुला गरेको हो । यसमा हामी अलि प्रष्ट हुन आवश्यक छ । सरकारले असोज ९ गते पर्यटन क्षेत्रका संस्थाहरूको सहकार्यमा ९ बुंदे कोभिड–१९ को प्रोटोकल जारी ग¥यो । यसमा हामीले सरकारलाई सुझाउँदै आएको भनेको नेपाल आउने पर्यटकको होटल क्वारेन्टिनको समय ७ दिनबाट घटाएर ३ दिन गर्नुपर्ने भन्ने थियो । उनीहरूलाई यहाँ आउँदा ५ हजार डलरको बिमा गर्नुपर्ने उल्लेख छ । हामीले भने त्यो बिमा रकम घटाउनु प-यो भनेका हौं किन भने त्यो बिमा यात्रा बिमाअन्तर्गत नै पर्ने भएकाले यस्तो आग्रह गरेका हौं । नेपाल आउँदा पर्यटकले विमानस्थलमा नै पीसीआर गर्न पाउने सुविधा दिनुपर्छ भन्दै आएका छौं । यसले हामीमा सजगता बढेर जाने छ भने पर्यटकमा पनि सकारात्मक सन्देश प्रवाह हुनेछ । साथै नेपाल प्रवेश गर्ने बोडरमा अनलाइन भिसा सिस्टम विकास गर्न आग्रह गरेका छौं । हाल कानुनी अल्झनले गर्दा भिसा प्रक्रियामा कठिनाइ र झन्झटिलो छ । हामीले सरकारले जारी गरेका सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर पर्यटकलाई हिमाल आरोहणमा सहजीकरण गरिरहेका छौं । आरोहणमा जाँदा सबैले पीसीआर रिपोर्ट नेगेटिभ लिएर जानुपर्ने जस्ता नियम पालना गरेका छौं । ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका पर्यटकलाई ७ दिनको होटल क्वारेन्टिनबाट घटाएर ३ दिनमा झार्नका लागि आग्रह गर्दै आएका छौं । यसो भएमा मात्र पर्यटक आगमनमा केही सहज वातावरण बन्ने छ । हामीले सरकारलाई ज्ञापनपत्र बुझाएर नै पर्यटको क्वारेन्टिनको अवधि कम गर्न लागिरहेका छौं । सबैले ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने भएपछि पर्यटक नै आउँदैन र व्यवसाय नै धरासायी बन्ने आकलन गरिएको छ । यसले गर्दा बुकिङ गरेका पर्यटकले रद्द गर्न थालिसके सरकारले यसमा हेर्नैपर्छ । घुम्नु पर्ने समय नेपाल होटल क्वारेन्टिनमा नै जाने भएपछि पर्यटकहरूले नै अनिच्छा देखाउने भएकाले सरकारले यसमा पुनर्विचार गर्नैपर्छ । सरकारले जारी गरेका सबै सुरक्षाका मापदण्ड पालना गरेर नै सेवा प्रवाह गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्