जगदम्बा मोटर्स र राकुटेन भाइबरसँगको सहकार्यमा चाडपर्व स्टिकर «

जगदम्बा मोटर्स र राकुटेन भाइबरसँगको सहकार्यमा चाडपर्व स्टिकर

जगदम्बा मोटर्सले राकुटेन भाइबरसँगको सहकार्यमा नयाँ चाडपर्वको स्टिकर ल्याएको छ । नयाँ स्टिकर प्याकमार्फत् प्रयोगकर्ताले कोरोना महामारीको समयमा आफन्तलाई शुभकामना पठाउन सक्छन् ।
दीपक अग्रवाल, जगदम्बा मोटर्सका उपाध्यक्ष, मिस क्षितु रिसाल, नेपालका लागि राकुटेन भाइबर विजनेस डेभलप्मेन्ट एक्ज्युकेटिभ, काठमाडौँ, जगदम्बा मोटर्स, नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक र राकुटेन भाइबर, मोबाइल एपले दशैंमा टिभीएसका विभिन्न विज्ञप्ति तथा सूचना प्रयोगकर्तामाझ प्रस्तुत गर्ने सम्झौता गरेका छन् ।
भाइबर प्रयोगकर्ताले टिभिएसको स्टिकर दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन् । दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिनासम्म निशूल्क डाउनलोडका लागि उपलब्ध रहने छ । एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दसैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ ।
‘टिभिएस् दसैंको आशा’ स्टिकर डाउनलोडकर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहारस्वरूप पाउनेछन् । यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिंकमार्फत भाइबरमा उपलब्ध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्