हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज हुने «

हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज हुने

हाम्रो विकास बैंकको दशौं वार्षिक साधारण सभा आइतबार नुवाकोटमा सम्पन्न भएको छ । उक्त सभामा बैंकका अध्यक्ष हरिप्रसादले बैंकको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए । सभाले आर्थिक वर्ष २०७४/५ को वित्तिय विवरण पारित गर्नुको साथै शेयरधनीहरुलाई ७.९१४५ प्रतीशत नगद लाभांश तथा २.४० प्रतिशत बोनस सेयर वितरणगर्ने प्रस्ताव पारित गरेको छ । साथै दुवै विकास बैंकले सामूहिक रुपमा निर्धारण गरेको संस्थागत उद्देश्य, दूरदृष्टि र ध्येयअनुसारको वित्तीय संस्थाको रुपमा विकसित हुने प्र्रतिबद्धता र हाम्रो विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धमा स्थापित गरेको हाम्रो विकास प्रबद्र्धन कोषलाई प्राप्ति पश्चातको ज्योति विकास बैंकले समेत निरन्तरता दिने व्यवस्था सहित हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले शेयर आदान प्रदान अनुपात १ः१ मा समाहित गर्नेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्