राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बाग्लुङको शेराबजारमा «

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बाग्लुङको शेराबजारमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका–१ स्थित शेराबजार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरे ।
उक्त अवसरमा जैमिनी नगरपालकिाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाई बैंकिङ सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।
बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्