बजारमा चहलपहल भएपनि छैन व्यापार
डडेल्धुरा- दसैं तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि डडेल्धुरा जिल्लाका व्यापारिक बजारमा चहलपहल भएपनि व्यापार भने कम देखिएको छ । विगतका वर्षहरुमा दसैं नजिकिएसँगै निकै भिड हुने बजारमा यसवर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण व्यापारमा कमी आएको हो ।
सुदूरपश्चिम प्रदेशकै सात पहाडी जिल्लाको मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लाकै सदरमुकाम बजार बागबजारमा व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । दसैं सुरु भइसकेपनि बजारमा चहलपहल भएपनि व्यापार नभएको उनीहरु बताउँछन् । केही पसलहरुमा सामान खरिद गर्न जानेको संख्या पनि न्यून रहेको छ ।
खासगरी लत्ताकपडा, रेडिमेड कपडा पसल, घरायसी सामग्री, मोबाइल फोनलायतका सामग्री पाइने पसल सुनसान देखिएका छन् । विगतमा चाडपर्वको समयमा निकै भिड हुने बजार यसपटक व्यापार व्यवसाय शुन्य हुँदा व्यापारीहरु पनि निरास बनेका छन् ।