अर्थमन्त्री पौडेलसँग राजदूत बेरीको छलफल «

अर्थमन्त्री पौडेलसँग राजदूत बेरीको छलफल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अमेरिकी राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । भेटमा मन्त्री पौडेलले नेपाल–अमेरिकाबीचको सम्बन्धबारे चर्चा गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत गरेको जनाइएको छ ।
तर, अमेरिकी अनुदान सहयोगको मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा के कस्तो छलफल भयो भन्ने विषयमा भने मन्त्रालयले केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्