चौतारीको विशेष साधारणसभा सम्पन्न «

चौतारीको विशेष साधारणसभा सम्पन्न

काठमाडौं-चौतारी माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा बुटवलको दियालो फुडल्यान्ड होटलमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोख्रेलले एजेन्डा पढेर सुनाएका थिए भने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मण घिमिरेले वित्तीय संस्थाको प्रगति विवरणको बारेमा जानकारी गराएका थिए ।
साधारणसभाले वित्तीय संस्थाको जारी पुँजी १८ करोडबाट १८ करोड ६० लाख पुराउने र वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६(ख), (घ) र(ङ) संशोधन गर्ने तथा वित्तीय संस्थाको प्रबन्धपत्रमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियमनकारी निकायबाट स्वीकृत गराउने क्रममा थपघट गर्न, सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा यो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्