दसैंमा आधामात्र व्यापार «

दसैंमा आधामात्र व्यापार


दसैंतिहार तथा छठलगायतका चाडपर्वमा विगतमा सामान्यभन्दा दोब्बरजस्तै हुने व्यापार अहिलेको वर्ष भने आधाले घटेको छ । विश्वभर फैलिएको कारोनाभाइरस (कोभिड–१९)को प्रभावसँगै यो दसैंमा आधा व्यापार घटेको हो । कोरोना महामारीको कारण रोजगारी गुमाएको कारण क्रयशक्ति घट्दा तथा विगतमा जस्तै स्वतन्त्र रूपमा बजार गएर सामान किन्ननसक्ने वातावरण नहुँदा यसरी ५० प्रतिशत व्यापार घटेको हो ।
सधैँजसो दसैंमा भीडभाड हुने व्यापारिक हाउस यतिबेला सुनसान जस्तै देखिन्छ । सडक पेटीदेखि डिपार्टमेन्टल स्टोरमा दसैंमा दोब्बर व्यापार हुने गरेकोमा यो वर्ष मुस्किलले ५० प्रतिशत व्यापार भएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् । “विगतमा वर्ष दसैंमा धेरै नै व्यापार हुने गरेको थियो,” उनले भने, “होलसेल पसलमा सामान्य व्यापार भए पनि खुद्रा पसलमा व्यापार शून्य अवस्थामा रहेको छ ।” उनका अनुसार, कोरोना भाइरसको प्रभावले दसैं सुरु भइसक्दा समेत सधैँजसो भीडभाड हुने न्युरोड, असन, इन्द्रचोक, भाटभटेनी, विगमार्ट, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका अन्य व्यापारिक क्षेत्रमा कारोबार बढ्न सकेको छैन । अहिले लत्ताकपडा, बच्चा, जुत्ताचप्पललगायत अति आवश्यकीय बाहेक अन्य वस्तुको बिक्री शून्यजस्तै छ ।
व्यापारिक हाउसमा सामानमा खरिद गर्न ग्राहक नै फाट्टफुट्ट आउने गरेको व्यवसायीको भनाइ छ । भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका व्यस्त रहने क्षेत्र र तथा अन्य व्यापारिक मल प्नि सुनसान छन् । न्यूरोडमा समेत विगतको तुलनामा सुनसान छ । होलसेल बजारमा ५० प्रतिशत व्यापार भए पनि खुद्रा पसलमा व्यापार हुन नसकेको व्यवसायीको भनाई छ । कोरोनाले गर्दा निकै प्रभावित भएको यो क्षेत्र व्यापार हुने सिजनमा पनि कारोबार नभएको न्युरोडका व्यापारी दिनेश अग्रवालले जानकारी दिए । दसैंको बेला धेरै व्यापार हुने गरेको बताउँदैे उनले यो वर्ष कोरानाभाइरसले सामानखरिद नै गर्न नआएको बताए । यता, दसैंलाई लक्षित गरेर विभिन्न व्यापारिक हाउनले विभिन्न अफर ल्याए पनि ग्राहकको आकर्षण बढ्न सकेको छैन । विगमार्ट, भाटभटेनीमा पनि अहिले व्यापार ५० प्रतिशतले घटेको छ । दसैंलाई लक्षित गरेर ल्याइएका सामान रसुवाको केरुङ्ग नाकामा रोकिएकाले पनिथप समस्या परेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्