माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारणसभा स्थगित «

माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारणसभा स्थगित

माछापुच्छ्रे बैंकको बिहीवारका लागि तय गरिएको २२ औं वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ४३२ औं बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले कोरोना संक्रमण बढेको र आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा भाग लिन कठिनाई हुने भन्दै आगामी बिहीवार पोखरामा गर्ने भनी तय भएको साधारणसभा स्थगित गरिएको सूचनामार्फत बताएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्