कालिका लघुवित्तको सिईओमा अधिकारी नियुक्त «

कालिका लघुवित्तको सिईओमा अधिकारी नियुक्त

कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बैकर महेन्द्र अधिकारी नियुक्त भएका छन् । पोखरा महानगरपालिका वार्ड नं ११ निवासी अधिकारीलाई यही असोज २९ गते बसेको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
१३ वर्ष ग्रामीण विकास बैंकमा रही लघुवित्त क्षेत्रमा विशेष अनुभव हासिल गरेका अधिकारीले विभिन्न ‘क’ श्रेणीको बैंकदेखि विकास बैंकको समेत लामो बैंकिङ्ग अनुभव बटुलेका छन् ।
यस अघि प्यासिफिक डेभलपमेन्ट बैंक लमजुङ्गमा ७ वर्ष प्रमुख कार्यकारी अधिकृत र ग्लोबल आईएमई बैंकमा लघुवित्त विभागको प्रमुख लगायत प्रदेश प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका अधिकारीले संस्थागत रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिमहरु समेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्