संखुवासभामा संक्रमण रोक्न निषेधाज्ञा जारी «

संखुवासभामा संक्रमण रोक्न निषेधाज्ञा जारी

संखुवासभा-नजिकिँदो चाडबाड र भीडभाडका कारण कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले निषेधाज्ञा जारी गरेको छ ।
चाडबाडका बेलामा सदा वर्षझैं हुने भीडभाडका कारण संक्रमण नियन्त्रण बाहिर जानसक्ने भन्दै नियमिति पूजापाठ बाहेक धार्मिक तिर्थस्थल, मन्दिर, पार्टी, गोष्ठी, सेमिनार, उद्घाटन, भीडभाडयुक्त शुभकामना आदान–प्रदान जस्ता भीडभाड र सामूहिक उपस्थिति रहने क्रियाकलाप नगर्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० बमोजिम कात्तिक ४ देखि १५ गतेसम्म यस्ता क्रियाकलापमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्