नेपाल इन्भेस्टमेन्ट बैंकको दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा «

नेपाल इन्भेस्टमेन्ट बैंकको दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । काठमाडौंको मच्छेगाउँ र भक्तपुरको शुकुलधोकामा बैंकले आफ्नो कार्य विस्तार गरेको हो ।
शुकुलधोका एक्स्टेन्सन काउन्टर एनआईबीएलका उपमहाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए । मच्छेगाउँ एक्सटेन्सन काउन्टरको कार्यवाहक वडा प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।
नवस्थापितले एक्स्टेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिग सेवाहरू प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ ।
एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग पु¥याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्