सामसुङ क्यूएलईडी टीभीको प्रि–बुकिङ खुला «

सामसुङ क्यूएलईडी टीभीको प्रि–बुकिङ खुला

इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो वास्तविक कलर साथ अर्बौं सेड्स युक्त सामसुङका २०२० क्यूएलईडी टीभीको प्रि–बुकिङ खुला गरेको छ ।
यो प्रि–बुकिङ कात्तिक १५ गतेसम्म रहेको जनाइएको छ । सामसुङका पारखीहरु माझ सामसुङ क्यूएलईडी मोडल प्रख्यात छ । सामसुङको २०२० क्यूएलईडी आकर्षक विशेषतायुक्त प्रि(बुकिङमा प्रस्तुत गरिएको जनाइएको छ । ग्राहकले आकर्षक अफर मूल्य तथा प्रि(बुकिङ गर्नेले निःशुल्क मोबाइल सेट उपहार पाउने कम्पनीले जनाएको छ ।
न्यूनतम १० हजारको विशेष प्रि(अर्डर अफरअन्तर्गत कुनै पनि क्यूएलईडी टीभी बुक गर्न सकिन्छ । यस प्रि(अर्डरको सुविधामार्फत ८५ इन्चको क्यूएलईडी टीभी ५ लाख ८० हजार ६ सयमा खरिद गर्न सकिने जनाइएको छ । ७५ इन्चको क्यूएलईडी ४ लाख ४२ हजारमा खरिद गर्न सकिन्छ ।
यो योजनामा ग्राहकहरुले निःशुल्क उपहार पनि प्राप्त गर्ने जनाइएको छ । निःशुल्क उपहारअन्तर्गत ८५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी नोट १० लाइट तथा ७५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी ए ७१ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्