‘मेरो ब्रान्ड’ अनलाइन सपिङको कारोबार सुरु «

‘मेरो ब्रान्ड’ अनलाइन सपिङको कारोबार सुरु

नेपाली ई–कमर्स बजारमा ‘मेरो ब्राण्ड डट कम’ले आफ्नो कारोबार सुरु गरेको छ । अनलाइन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले मेरो ब्रान्ड डटकमले आफ्नो उपस्थिति जनाएको कम्पनीको दावी छ । निकै लामो गृहकार्यपछि मेरो ब्रान्ड डट कम बजारमा उपस्थिति जनाएको कम्पनीका सिईओ राजकुमार विष्टले बताए ।
बजारमा उपभोक्ताहरुले आफूले खोजेको ब्राण्ड न्युनतम मूल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ । काठमाडौं उपत्यका भित्र १ दिनमै सामान डेलिभरी गराउने कम्पनीले जनाएको छ । उपभोक्ताले मेरो ब्रान्ड डट कममा लग इन गरी आफूले चाहेको बस्तु खरिद गर्न सक्ने छन् ।
उपभोक्ताले वस्तु किन्दा क्यास अन डेलीभरी अनलाइन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यबस्था गरिएको उनले बताए । यस अनलाइन प्ल्याटफर्ममा विभिन्न ब्रान्ड तथा भेराइटिका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको बिष्टको दावी छ । मगाएको सामान आफूले भने बमोजिम नभएमा ७ दिन भित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसी समेत उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्