नयाँ होण्डा सिआर–भि १.६ टर्भो २०२० सार्वजनिक «

नयाँ होण्डा सिआर–भि १.६ टर्भो २०२० सार्वजनिक

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नयाँ होण्डा सीआर–भी २०२० नेपाली बजारमा सार्वजनिक गरेको छ ।
एडभान्स, एनरजेटिक एण्ड स्मार्टको कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२०मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधा रहेको कम्पनीले जनाएको छ ।
आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड लिड हेड ल्याम्पस्, इनलाइन लिड फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्गगियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा उडान फिनिस क्याबिनका साथै ७ जनासम्म बस्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।
९ स्पिड सीभीटी रहेको यो गाडि अफ रोडिङ्ग र सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली एसयूभीको आनन्द लिने कम्प्नीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्