भारत छिट्टै पाँचौ ठूलो अर्थतन्त्रको मुलुक हुनेछः मोदी «

भारत छिट्टै पाँचौ ठूलो अर्थतन्त्रको मुलुक हुनेछः मोदी

टोकियो-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अर्थतन्त्र तीव्र दरमा बढिरहेको र छिट्टै विश्वकै पाँचौ ठूलो अर्थतन्त्रको मुलुक हुने बताएका छन् । जापानको भ्रमणमा रहेका मोदीले भारत–जापान पार्टनरशिप इन अफ्रिका एन्ड डिजिटल पार्टनरशिप सेमिनारलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
२०१४ मा आपूmले सरकारको जिम्मेवारी सम्हालेपछिको समयमा विश्व बैंकको इज अफ डुईङ विजनेस वा व्यापार गर्नका लागि सहज ¥याङकिङमा भारत १४० स्थानमा रहेका मोदीले बताए । हाल यसमा सुधार आएर १०० औं स्थानमा कायम भएको धारणा उनको थियो ।
उनले भने,“ईज अफ डुइङ बिजनेस भारतको लक्ष्य हो । जापानी प्रधानमन्त्री सिन्जो अबे तथा म मिलेर व्यापारिक कार्यमा आउने धेरै अवरोधलाई समाप्त गरिदिएका छौ । हाम्रो सरकारको ४.५ वर्षको कार्यकालमा हाम्रो सरकारले आफ्नो सूचीमा ईज अफ डुइङ बिजनेसलाई सबैभन्दा माथि राखेको छ । २०१४ को १४० औं स्थानबाट छलाङ मारेर अब हामी १०० औं स्थानमा आइपुगेका छौ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का अनुसार हाल भारत खुला अर्थव्यवस्थाको मुलुक भएको छ । हामी विश्वकै तीव्र दरमा बढेको अर्थव्यवस्था हौ ।”
प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सर्वाधिक तीव्र दरमा बढेको अथतन्त्रको मुलुक भएको बताएका छन् । भारत छिट्टैनै विश्वकै पाँचौ ठूलो अर्थव्यवस्था बन्ने उनको भनाई थियो । भारतमा जापानको लगानीमा पनि वृद्धि भइरहेको छ । हामीले कर्पोरेट करलाई कम गरेका छौ र अगामी दिनम पनि गर्नेछौ । यसले साना उद्योगलाई प्रबद्र्धन गर्ने छ । जापानीलाई सम्बोधन गर्दै मोदीले भारतको सूचना प्रविधिको क्षेत्र बढिरहेको बताएका छन् । मैले पहिला पनि भनेको थिए कि हाम्रो सफ्टवेयर तथा तपाईको हार्डवेयर मिल्यो भने हामी चमत्कार गर्न सक्छौ ।

 

प्रतिक्रिया दिनुहोस्