अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा श्रेष्ठ नियुक्त «

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा श्रेष्ठ नियुक्त

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । अर्थमन्त्री पौडेलले श्रेष्ठलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत श्रेष्ठ यसअघि पनि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष बनेका थिए । राष्ट्र बैंकको निर्देशक हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठ कार्यकारी निर्देशकमा बढुवा भएसँगै राष्ट्र बैंक केन्द्रीय कार्यलयमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्