सेतो चिनीको अवैध उत्खनन् गर्ने पक्राउ «

सेतो चिनीको अवैध उत्खनन् गर्ने पक्राउ

डोल्पा- शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको वन क्षेत्रलगायत सामुदायिक वनमा खिराङ्लो भनेर चिनिने बहुमूल्य जडिबुटी सेतो चिनीको अवैध उत्खनन् गर्ने १९ जना पक्राउ परेका छन् । उनीहरुलाई एक क्विन्टल सेतो चिनीसहित आइतबार निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको हो ।
५ बालबालिका, दुई महिला र १२ पुरुष गरेर १९ जनालाई पक्राउ गरिएकोमा बालबालिकालाई छाडेर बाँकीलाई बयान लिने काम भइरहेको निकुञ्जका रेञ्जर अरुण चौधरीले जानकारी दिए । सम्बन्धित सामुदायिक वन समिति वा शे–फोक्सुण्डो निकुञ्जको इजाजत लिएरमात्रै उत्खनन् गर्न पाउने व्यवस्था भए पनि इजाजतबिनै अवैध उत्खनन् भइरहेको पाइएको छ । उच्च हिमाली भागमा पाइने औषधिमूलक जडिबुटीको रुपमा चिनिने खिराङ्लाको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्