बझाङको थलारा गाउँपालिकामा कुमारी बैंकको १८७ औं शाखा «

बझाङको थलारा गाउँपालिकामा कुमारी बैंकको १८७ औं शाखा

कुमारी बैंकले बझाङको थलारा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले उक्त शाखा उद्घाटन गरे ।
थलारा गाउँपालिकाको वडा नम्बर ५ मा खुलेको यो शाखा सुदूरपश्चिम प्रदेशको १९ औं र समग्रमा १८७ औं शाखा हो । यो शाखाबाट स्थानीय, सर्वसाधारण, सरकारी तथा गैरसरकारी कार्यालयसम्मले सेवा लिन सक्ने बैंकले विश्वास गरेको छ ।
बैंकको सुदूरपश्चिममा १९ वटा शाखा र ८ वटा एटीएम सञ्चालनमा छन् । देशभर भने १८७ वटा शाखा र १०८ वटा एटीएम, १३ एक्सटेन्सन काउन्टर र २२ वटा शाखा रहित बैंकिङ सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्