तीन महिनामा आयात घट्यो, निर्यात बढ्यो «

तीन महिनामा आयात घट्यो, निर्यात बढ्यो


चालू आर्थिक वर्षको पहिलो तीन महिनामा स्वदेशी वस्तुको निर्यात बढेको छ भने आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनासम्मको निर्यातमा १४ प्रतिशतले वृद्धि भएकोमा आयात भने १२ प्रतिशतले घटेको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को प्रभावले आयातमा १२ प्रतिशतले घटेर २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष सोही अवधिमा ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख ६३ लाख रुपैयाँको निर्यात भएको थियो । कोभिडको कारणले अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुको आयातमा कमी हुँदा समग्र आयातमा कमी भएको हो । सो अवधिमा मुलुकबाट निर्यात भने १४ प्रतिशतले बढेर ३१ अर्ब ४६ करोड ९३ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा २७ अर्ब १६ करोड ६७ लाख ७० हजार रुपैयाँको निर्यात भएको थियो । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अत्यावश्यक वस्तु बाहेकको अन्यको वस्तुको आयात बढ्न सकेको छैन ।
मुलुकमा सवैभन्दा धेरै आयात हुने वस्तु पेट्रोलियम पदार्थ, सवारी साधनको आयातमा उल्लेख्य कमी आएपछि आयातमा कमी भएको विभागको भनाइ छ । कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको कारणले इन्धनलगायत अन्य वस्तुको आयात कम हुँदा समग्र आयात नै घटेको विभागको तथ्यांक छ ।
आयात कम भएपछि मुलुकमा व्यापारघाटामा १५ प्रतिशतले कमी आएर दुई खर्ब ६१ अर्ब २२ करोड ३७लाख ६७ हजारमा झरेको विभागको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा ३ खर्ब ७७ अर्ब ८२ करोड लाख ५ लाख ९२ हजार व्यापार घाटा रहेको थियो । सो अवधिमा छिमेकी मुलुक भारतबाट १ खर्ब ९३ अर्ब ६२ करोड ४२लाख ६७ हजार रुपैयाँको आयात भएकोमा निर्यात २१ अर्ब ३३ करोड करोड ३७ लाख ५२ हजार रुपैयाँको भएको छ । साथै दोस्रो छिमेकी मुलुक चीनबाट ४३ अर्ब ३२ करोड ३१ लाख७७ हजार रुपैयाँको आयात भएकोमा निर्यात २१ करोड १५ लाख ६८ हजार रुपैयाँको भएको विभागको तथ्यांक छ ।
यस्तै तीन महिनाको अवधिमा मुलुकमा सामान आयातबाट ८१ अर्ब ७१ करोड ४४ लाख ५० हजार रुपैयाँको राजस्व संकलन भएको विभागको तथ्यांक छ । अघिल्ला महिनाको तुलनामा आयात बढेकाले राजस्वमा समेत सामान्य बृद्धि भएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्