भर्चुअल साधारणसभाको लहर «

भर्चुअल साधारणसभाको लहर

सुरक्षाका उपाय अपनाएर भीडभाड नहुने गरी पनि वार्षिक साधारणसभाहरू गर्न सकिने सर्वसाधारण सेयरधनीहरूको भनाइ छ ।

यस्ता साधारणसभाहरूमा कम मात्र सेयरधनीहरूको उपस्थिति रहने तथा आमसेयरधनीहरूले भाग लिन, सहभागिता जनाउन नसकिने कारणले यसप्रति सर्वसाधारण सेयरधनीहरूको असन्तुष्टि रहेको छ ।

नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स कम्पनीको २० देखि २७ आंै वार्षिक साधारणसभामा भाग लिन पुगेका सर्वसाधारण सेयरधनीहरूलाई भर्र्चुअल एजीएम भनेर सभाहलमा प्रवेश नगराई फर्काइएको थियो । कोरोनाको कहरका कारणले भीडभाड गर्न नहुने भएकाले सभा–सम्मेलन गर्न निषेध गरिएको भएकोले केही कम्पनीहरूले भर्र्चुअल एजीएम यानी भिडियो कन्फरेन्सबाट साधारण सभा गर्ने गरिरहेका छन् । त्यसो त केही कम्पनीहरूले सार्वजनिक सूचना नै नदिई लकडाउन र निषेधाज्ञामा पनि विशेष र वार्षिक साधारणसभाहरू गर्ने गरिरहेका छन् । कोरोनाको कारण देखाई पछिल्लो समयमा कम्पनीहरूले आआफ्नो वार्षिक र विशेष साधारणसभाहरू भर्र्चुअल यानी भिडियो कन्फरेन्स गरी गर्ने लहर नै चलेको छ । अहिले विभिन्न पब्लिक कम्पनीहरूको वार्षिक साधारणसभाहरू गर्ने सिजन नै हा, तर कोरोनाको कहरले लकडाउनले गर्दा कतिपय कम्पनीहरूले साधारणसभाहरू गर्न सकिरहेका छैनन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको कहरले भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्ने कारणले सभा–सम्मेलनहरू गर्न सरकारले रोक लगाएका कारण कतिपय कम्पनीहरूले आ–आफ्ना वार्षिक साधारणसभाहरू समयमा गर्न सकिरहेका छैनन् भने केही कम्पनीहरूले भने भर्र्चुअल एजीएम गर्ने गरिरहेका छन् । यस्ता साधारणसभाहरूमा कम मात्र सेयरधनीहरूको उपस्थिति र सहभागिता रहने तथा आमसेयरधनीहरूले भाग लिन, सहभागिता जनाउन नसकिने कारणले यसप्रति सर्वसाधारण सेयरधनीहरूको असन्तुष्टि रहेको छ ।
वार्षिक साधारणसभाहरूमा भाग लिनु सर्वसाधारण सेयरधनीहरूको अधिकारको कुरा हो । भर्र्चुअल सभाका कारणले सर्वसाधारण सेयरधनीहरूले भाग लिन पाइरहेका छैनन् । यस्ता सभाहरूमा आफ्ना पक्षका केही सेयरधनीहरू मात्रको सहभागिता रहने कारणले जुनसुकै प्रस्ताव प्रतिवेदन पनि सजिलै पारित हुने सम्भावना रहने हुन्छ । यसले सञ्चालकहरूको एकाधिकार रहने हुन्छ । यस कारणले पनि सर्वसाधारण सेयरधनीहरू भर्र्चुअल एजीएमप्रति असन्तुष्टि जनाइरहेका थिए । सुरक्षाका उपाय अपनाएर भीडभाड नहुने गरी पनि वार्षिक साधारणसभाहरू गर्न सकिने सर्वसाधारण सेयरधनीहरूको भनाइ छ । राजनीतिक दलहरूले ४–५ सय जम्मा गरेर पार्टी प्यालेसहरूमा सभा–सम्मेलन गर्न हुने, कम्पनीहरूले किन गर्न नहुने भन्ने पनि कतिपय सेयरधनीहरूको भनाइ रहेको छ । त्यसो त अहिले कारोनाको संक्रमण बढिरहेका कारणले यस्तो गर्नुपरिरहेको सरोकारवालाहरू बताउँछन् । तर पनि यसले सर्वसाधारण सेयरधनीहरूले वार्षिक साधारणसभामा भएगरेका गतिविधि, कम्पनीको प्रतिवेदन, प्रस्तावको छलफल आदिप्रति अनभिज्ञ नै हुने गरेका छन् । त्यसो त कतिपय अहिले नै हतारमा वार्षिक साधारणसभाहरू गर्न आवश्यक नरहेको पनि बताउँछन् । वार्षिक साधारणसभाहरू ढिलो भए सेयरधनीहरूले पाउने लाभांशहरू पनि समयमा पाउँदैनन् । वार्षिक साधारणसभाले पारित नगरेसम्म सेयरधनीहरूले लाभांश पाउन सक्दैनन् । यसले गर्दा सर्वसाधारण सेयरधनीहरू समयमा लाभांश पाउनबाट वञ्चित भने हुनेछन् ।
नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले एक आर्थिक वर्षको समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्छ । चालू आर्थिक वर्षको समाप्तिपछि गरिने वार्षिक साधारणसभामा कम्पनीको समीक्षा वर्षको अवधिमा भएगरेका कामकारबाहीका गतिविधिको प्रतिवेदन, प्रस्ताव साधारणसभामा पेस गर्नुपर्ने हुन्छ । त्यसैगरी साधारणसभामा आगामी वर्षमा गर्ने गर्नुपर्ने भावी योजनाका बारेमा पनि छलफलहरू हुने÷गर्ने गरिन्छ र योजना र प्रस्तावहरू पारित गर्ने कामहरू हुन्छ । समीक्षा वर्षमा भएगरेका काम, गतिविधिहरूका विभिन्न प्रस्ताव, प्रतिवेदन वार्षिक साधारणसभामा सेयरधनीहरूबीच छलफल गरेर प्रस्ताव, प्रतिवेदन पारित गर्नुपर्छ । साधारणसभामा उपस्थित भएका सेयरधनीहरूको बहुमतले पारित भएपछि मात्र लागू हुने प्रावधान छ । यसका लागि पनि वार्षिक साधारणसभाहरू महŒवपूर्ण हुने गरेका छन् । यसकारणले चालू आर्थिक वर्ष सकिनासाथ विभिन्न कम्पनीहरूले वार्षिक साधारणसभाहरू गर्ने गर्छन् । वार्षिक साधारणसभाहरूमा सर्वसाधारण सेयरधनीहरूको बाक्लो उपस्थिति हुने गरेको हुन्छ । कतिपय सेयरधनीहरूले कम्पनीले पेस गरेको प्रस्ताव, प्रतिवेदनमा छलफल, विश्लेषण पनि गर्छन् । विगतका वर्षहरूमा चालू आर्थिक वर्ष सकिनासाथ वाषिक साधारणसभा गर्ने गरिन्थ्यो । तर, अहिले कोरोनाको कहरले गर्दा वार्षिक साधारणसभाहरू हुन सकिरहेका छैनन् । वार्षिक साधारणसभा हुन नसकिरहेका कारणले कम्पनीबाट सेयरधनीहरूले पाउने लाभांशहरू पनि समयमा पाउन सकिरहेका छैनन् । वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश पाउने हुन्छन् । कोरानाको कहरका कारणले समयमा सेयरधनीहरूले लाभांश पाउनसमेत वञ्चित हुनुपरिरहेको छ ।
कतिपय कम्पनीहरूले विगतमा पनि पुस महिनामा मात्र वार्षिक साधारणसभा गर्ने गर्थे भने केही कम्पनीले त दुई–तीन आर्थिक वर्षको साधारणसभा पनि एकैचोटि गर्ने गर्थे । अहिले पनि कोरोनाको कारण देखाई केही कम्पनीहरूले भर्र्चुअल एजीएम गर्ने गरिरहेका छन् । वार्षिक साधारणसभा गर्नका लागि कुल कम्पनीको सेयर संख्याको ५१ प्रतिशत र ३ जना सर्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष उपस्थिति भए पनि सभा गर्न सकिने कम्पनी ऐनले व्यवस्था गरेको छ भने वार्षिक साधारणसभा पुस मसान्तभित्र गर्नुपर्छ । पुस मसान्तपछि वार्षिक साधारणसभा गर्ने कम्पनीहरूले हर्जानासमेत तिर्नुपर्ने हुन्छ । पुस मसान्तसम्ममा वार्षिक साधारणसभा गर्ने समय भए पनि केही कम्पनीहरूले हतारमा कोरोनाको कहरमा पनि भर्र्चुअल एजीएम गर्ने गरिरहेका छन् र बाध्यतावश गर्नुपरेको पनि सरोकारवालाहरूको भनाइ छ । भर्र्चुअल एजीएमका कारणले सर्वसाधारण सेयरधनीहरूले साधारणसभामा भाग लिन पाइरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्