आठ वर्षमा पहिलो पटक अटो बिक्री घट्यो

गत वर्ष अमेरिकामा भएको अटो बिक्री २००९ यता पहिलो पटक घटेको छ । तर, यो गिरावट थोरै भएको र उद्योग राम्रो अवस्थामा रहेको छ ।बिक्रीको लेखाजोखा राख्ने संस्था अटोडाटाको अन्तिम तथ्यांकका अनुसार वार्षिक बिक्रीमा १.८ प्रतिशतको गिरावट आएर १ करोड ७२ लाख कायम भएको छ ।तर औसत कारको मूल्य भने वास्तवमै वृद्धि भएको छ । त्यसैले अमेरिकी कार बिक्रीबाट भएको कुल आम्दानीमा थोरै भए पनि वृद्धि भएको छ । उपभोक्ताहरू बढी महँगो कार किन्न छाडेका छन् । उनीहरू परम्परागत सेडानको तुलनामा क्रसओभरजस्ता सवारी खरिद गर्न थालेका छन् । उनीहरूले आफ्नो कारमा स्वचालित ब्रेक र लेन थाहा पाउने चेतावनीजस्ता महँगा विशेषता राख्न थालेका छन् ।
खरिदकर्ताले गत वर्ष प्रतिकारका लागि औसत ३५ हजार ८२ डलर खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो । कर्जामाथिको सहज पहुँच र भाडाको विकल्पले बिक्री र मूल्य दुवै बढाउनका लागि सहयोग गरेको छ ।
अमेरिकामा कार बिक्री ओरालो लागे पनि गत वर्ष विश्वव्यापी अटोबिक्रीमा भने २.५ प्रतिशतको वृद्धि भई ९ करोड ४५ लाख पुगेको थियो । अटो बिक्रीका लागि विश्वकै ठूलो बजार रहँदै आएको चीनको मागमा भएको लगातारको वृद्धिले विश्वव्यापी कार बिक्रीमा सहयोग गरेको छ ।सात वर्षको अवधिसम्म लगातार वृद्धि भएको अटो बिक्री गत वर्ष ओरालो लाग्नुलाई अटो ट्रेडरका वरिष्ठ विश्लेषक मिचेले क्रेब्सले असाधारण भएको बताएका छन् ।
“उद्योग अझै पनि राम्रो अवस्थामा छ । भाडाका कार कम्पनीले गरेको खरिदमा आएको कमीका कारण समग्र बिक्री ओरालो लागेको छ । खुद्रा बिक्रीको क्षेत्र अझै पनि बलियो अवस्थामा रहेको छ,” उनले बताए ।
समग्र बिक्री ऐतिहासिक रूपमा उच्च तहमा रहँदै आएको छ । २०१७ मा मन्द गिरावट आए बाबजुद बिक्री १ करोड ७० लाखभन्दा माथि गएको यो लगातार तेस्रो वर्ष भएको आईएचएस मार्किटका उद्योग विश्लेषक टम लिबीले बताए ।