डिल आयो डटकममा सामान किन्दा सिटिजन्स बैंकका ग्राहकले २५% क्यासब्याक पाउने «

डिल आयो डटकममा सामान किन्दा सिटिजन्स बैंकका ग्राहकले २५% क्यासब्याक पाउने

citi

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट-क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा, इन्टरनेट बै्रकिङ प्रयोगकर्ताहरुले पस, क्यूआर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।चार्डपर्वलाई लक्षित गरी ल्याइएको योजनाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गर्ने बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिव साढे ६ लाख ग्राहकलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल प्रविधिमार्फत प्रदान गरिरहेको बैंकले जनाएको छ । चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने व्यवस्था गरेको बैंक्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्