मेडेप मोडलबाट गत वर्ष बने १० हजार साना उद्यमी «

मेडेप मोडलबाट गत वर्ष बने १० हजार साना उद्यमी

चुलोचौका र घरमै सीमित हुन पुगेका तराई मधेसका विभिन्न समुदायका महिला अहिले धमाधम सीप सिकेर श्रीमानसँगका परनिर्भरता अन्त्य गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छन् ।


गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेडेप) बाट हालसम्म ३६ हजार २ सय ५० नयाँ उद्यम संस्था विकास भएका छन् । यसमध्ये ५ हजार २ सय ७० लघु उद्यम कार्यक्रमलाई स्तरोन्ती गरिएको हो । उद्योग मन्त्रालयका अनुसार स्वदेशी श्रम सीप, स्थानीय स्रोत तथा कच्चा पदार्थ र स्रोतको उपभोग गरी लघु घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
यस कार्यक्रमबाट गत आर्थिक २०७६÷०७७ मा १० हजार ७ सय ७० नयाँ उद्यमी सिर्जना गरिएको छ । त्यसैगरी ५ हजार २ सय ७० जना उद्यमीलाई स्तरोन्नती गरिएको छ । उद्यमी निर्माणका लागि ३ हजार ६ सय १५ वटा प्रविधि हस्तान्तरण गरिएको उद्योग मन्त्रालयले जनाएको छ । यो कार्यक्रमबाट हालम्म १५ हजार ४ सय ५२ रोजगारी सिर्जना भएको छ । विभिन्न दातृ निकाय तथा संघसंस्थाको सहयोगमा जारी रहेको मेडप कार्यक्रम विगत दुई वर्षदेखि सरकारअन्र्तगत रहेर सञ्चालनमा छ ।
अति गरिब जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका सीप विकास तालिमबाट ग्रामीण क्षेत्रका गृहिणी महिला लाभान्वित भएका छन् । चुलोचौका र घरमै सीमित हुन पुगेका तराई मधेसका विभिन्न समुदायका महिला अहिले धमाधम सीप सिक्न व्यस्त छन । श्रीमानमै निर्भर रहँदै आएका ती महिलाले सीप सिकेर अब आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छन् । सानो पुँजी निर्माण तथा गाउँसम्म सीप विकास गर्नमा मेडप कार्यक्रमको योगदान महत्वपूर्ण देखिएको छ ।
मेडेप मोडलबाट हालसम्म १ लाख १५ हजार १४ जना लघु उद्यमीहरू सिर्जना भएको दाबी छ । जसमध्ये ७० प्रतिशत महिला रहेको जनाइएको छ । मेडेप कार्यक्रमअन्तर्गत भने ७९ हजार १ सय ८७ उद्यमी तयार भएको जनाइएको छ । नेपालमा यो मोडल सुरु भएको २० वर्ष भएको छ ।

प्रतिक्रिया दिनुहोस्