एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याट भुक्तानी सम्झौता «

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याट भुक्तानी सम्झौता

एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरेको छ । सम्झौताअनुसार उक्त कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल आउने चिनियाँ पर्यटकले नेपालमा किनेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ ।
एनएमबी बैंकले विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो बैंक आफू रहेको बताएको छ । यस्तो साझेदारीबाट एनएमबी बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारिक साझेदार बन्नेछ ।
उनीहरूले सबैभन्दा बढी मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएकोमा बैंकले खुशि व्यक्त गरेको छ। जसले पर्यटकहरुका मुद्रा विनिमयको समस्यालाई सहज बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्