एनआईसी एशिया बैंकको ‘डिजिटल उत्सव’ योजना

एनआईसी एशिया बैंकले बडादसैं, दीपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिरसम्म १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता पाउनेछन् ।
बैंकका मोबाइल बैंकिङ तथा कार्ड (डेबिट र क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
देशव्यापी कोभिड–१९ महामारीका कारण भौतिक दूरी कायम राख्नुपर्ने आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुस गर्दै चाडपर्व बेलामा सामग्री खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकले जनाएको छ ।
बैंकले ल्याएको यस योजनाअन्तर्गत ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारीसाधन, खाद्यान्न, हेलिकोप्टर टुरलगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास(ब्याक पाउने जनाइएको छ ।