शिवम् सिमेन्टले २४.२१ प्रतिशत नगद लाभांश दिने

शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । असोज २८ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ०७६÷०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम रहेको चुक्ता पुँजीको २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांशमा लाग्ने कर प्रस्तावित लाभांशबाटै काटिने पनि कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुन कम्पनीले जनाएको छ ।