वाणिज्य बैंकले ल्यायो दसैं तिहार अफर योजना «

वाणिज्य बैंकले ल्यायो दसैं तिहार अफर योजना

Print

राष्ट्रिय वाणिज्य बैकले दसै तिहारलगायत पर्वलाई मध्यनजर गर्दै कात्तिक १ देखि सबै शाखा मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने भएको छ ।
त्यसको लागि बैंककै प्वाइन्ट अफ सेल (पीओएस) को माध्यमबाट भुक्तानी सेवा सुरु गरेको छ । देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुने छ ।
विश्वव्यापी रुपमा फैलिएको माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने छ । यो प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्