‘निशान लिफ’ अप्रिलमा नेपालमा आउने «

‘निशान लिफ’ अप्रिलमा नेपालमा आउने

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको इभि निशान लिफ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएसँगै सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयामा हुन सकेको थिएन । तर सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी आगामी अप्रिलमा लन्च हुने भएको छ ।
निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडि हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ । निशान लिफ संसारभर २ लाख ५० हजार भन्दा बढी बिक्री भइसकेको छ । पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ ।
अधिक हर्सपावार र टर्कसहित आउने यो गाडीमा उन्नत टेक्नोलोजी र फिचरहरु रहेको कम्पनीले जनाएको छ । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । इ–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हँदै जाने भएकाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्