मिस यूनिभर्स नेपालको एप सार्वजनिक «

मिस यूनिभर्स नेपालको एप सार्वजनिक

मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।
यस मिस यूनिभर्सका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन् । नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशी रहेको आयोजकको दावी छ ।
यस प्रतियोगितामा सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ । पछिल्लो ५ हजार प्रतियोगीका लागि १ हजार र देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्