जावा मोटरसाइकल अब नेपाली बजारमा «

जावा मोटरसाइकल अब नेपाली बजारमा

क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु ह्विलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरसिपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरेको छ ।
यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलको अनावरण गरे ।
जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५०० तथा अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ । यस्तै जावा फोर्टीटु सिंगल च्यानल एबीएस र जावा(फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार र ६ लाख ४८ हजार रहेको छ ।
“नेपालका मोटरसाइकल चालक, जावाप्रेमी लामो समयदेखि प्रतीक्षारत थिए, उनीहरुमाझ क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भएका छौं” अग्नी ग्रुपमा प्रबन्ध निर्देशक श्रेष्ठले भने, “यस मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएको छ । विश्वभरि थुप्रै पदक जित्यो, मानिसहरूको मन जित्यो र जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाइन र प्रदर्शन हो ।”
जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमशः स्थापना गर्दै जाने योजना रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्