Logo

लिभोनको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ योजनाको विजेता घोषणा

लिभोन नेपालको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ योजनाको विजेता घोषणा गरिएको छ । लक्की ड्रमार्फत कुपन नं ०२०७ बाट नख्खुका सुबोधकुमार यादव नेपाली विजेता बनेका हुन् । उनले यामाहा फसिनो १२५ एफआई बाइक जितेका छन् ।
साथै अन्य १० जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट पाएको कम्पनीको भनाइ छ । डिपार्टमेन्टल स्टोर भाटभटेनीले लिभोनसँग सहकार्य गरेर उत्तः योजना संचालन गरिरहेको छ ।
यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु किन्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसर पाउँछन् । यसका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।
विजेता घोषणा कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गर्छिन् ।
यो उपभोक्ता योजना अब १ महिनासम्म जारी रहने कम्पनीले बताएको छ । लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो । जसअन्तर्गत स्याम्पू र कण्डिसनरलगायत सामग्रीहरु बिक्रीमा छन् ।

प्रतिक्रिया दिनुहोस्