फ्याक्ट्स अफ नेपाल २०२० सार्वजनिक «

फ्याक्ट्स अफ नेपाल २०२० सार्वजनिक

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२०’ संस्करण सोमबार अनावरण गरेको छ । यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरी बनाइएको सूचनागत दृश्य चित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएका छन् । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्र समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैटौँ संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।
यो संस्करणको ५ सय रुपैयाँ मूल्य राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यस पटक पाठकहरुले यो पुस्तक बिभिन्न अनलाइनपोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् । प्यानडेमिकका कारण सार्वजनिकीकरणमा केही ढिलाइ भए तापनि परम्परालाई निरन्तरता दिँदै यो संस्करणको विमोचन गरिएको हो ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीका रूपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।
तथ्याङ्कीय पारस्परिक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नका लागि फ्याक्ट्सले अनलाइन समाचार पोर्टल, दैनिकपत्रिका, मासिकपत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्