बुद्ध एयर २४ वर्षम प्रवेश «

बुद्ध एयर २४ वर्षम प्रवेश

निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९७ अक्टुबर ११ अक्टोबरदेखि उडान सुरु गरेको बुद्ध एयर नेपालको आन्तरिक उडानमा सबैभन्दा धेरै जहाज भएको, धेरै यात्रु बोक्ने र नाफा धेरै कमाउने एयरलाइन्स हो । १३ जहाज भएको बुद्धसँग ११ सय कर्मचारी छन् ।
देशमा वर्षभर हवाइ यात्रा गर्नेमध्ये आधा यात्रु एक्लै बोक्ने बुद्धले आफ्नो स्थापनाको सबैभन्दा कठिन समय कोरोना महामारीलाई भोगेको बताएको छ । बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले महामारीको कठोर सामाना गरिएको बताए । यो बीचमा एकजना पनि कर्मचारी ननिकालेर सबैलाई नियमित तलब दिएर जहाजको मर्मतसम्भार पनि नियमित गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्