स्वावलम्बन विकास केन्द्रको २७ औं साधारणसभा सम्पन्न «

स्वावलम्बन विकास केन्द्रको २७ औं साधारणसभा सम्पन्न

काठमाडौं-लघुवित्त कार्यक्रम सञ्चालनमा नेपालको अनुमति प्राप्त पहिलो गैरसरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारणसभा केन्द्रका प्रबन्ध समितिका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न भयो ।
सभाले आर्थिक वर्ष २०७४-७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ असार मसान्तको वासलात र सोको मितिमा समाप्त आव ०७४-७५ को आम्दानी तथा खर्च हिसाब सहितको वित्तीय विवरण, आव ०७५÷७६ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सभामा अध्यक्ष श्रेष्ठले केन्द्रको स्थापनाको औचित्य एवं नेपालको गरिवी निवारणका लागि लघुवित्तमार्फत गरेको कामको अनुभव र अनुभूतिबारे प्रकाश पार्नुका साथै नेपालमा हाल लघुवित्तको स्थितिबारे दृष्टिकोण राखे । उनले विपन्न वर्गको आर्थिक, सामाजिक एवं उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जनामा लघुवित्त क्षेत्रले पु¥याएको योगदानबारे चर्चा गरे । लघुवित्तमा पछिल्लो समयमा देखापरेको अस्वस्थ प्रतिस्पर्धा एवं विचलनबारे समयमानै सबै सरोकारवाला सचेत भई सुधारका लागि कदम चाल्न पनि उनले आग्रह गरे । अन्यथा लघुवित्त दीगो रुपमा सञ्चालन हुनमा आघात पुग्नेबारे उनले सचेत गराए ।
केन्द्रको हालको प्रबन्ध समितिको कार्यकाल समाप्त भएकाले सभाले सर्वसम्मत नयाँ प्रबन्ध समिति समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्