म्याङलुङमा एनआईसी एसिया बैंकको शाखा «

म्याङलुङमा एनआईसी एसिया बैंकको शाखा

काठमाडौं– एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय म्याङलुङ नगरपालिका–१ स्थित म्याङलुङ, तेह्रथुमस्थित म्याङलुङ शाखाको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेबाट आइतबार उद्घाटन भएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्यालयहरू, २ सय ६४ एटीएम, २६ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको भन्दै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचनाअधिकारी) सुधीर नाथ पाण्डेले
बैंकको वासलातको आकार १९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३९ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्