महालक्ष्मी विकास बैंक र ग्रान्डी इन्टरनेसनल अस्पतालबीच सम्झौता «

महालक्ष्मी विकास बैंक र ग्रान्डी इन्टरनेसनल अस्पतालबीच सम्झौता

काठमाडौं- महालक्ष्मी विकास बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ग्रान्डी इन्टरनेसनल अस्पतालसँग एक सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारीलगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्न सक्नेछ । सम्झौताअनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकवर्ग तथा ग्राहकका परिवारले (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा) उपचार खर्चमा ७.५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा) अस्पतालको सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्