वैदेशिक लगानीको वर्तमान अवस्था र चुनौती «

वैदेशिक लगानीको वर्तमान अवस्था र चुनौती

नेपालमा हालसम्म पनि यातायात, सञ्चारजस्ता भौतिक पूर्वाधार र भवन, पानी इत्यादि अन्य पूर्वाधारहरूको विस्तार गर्न सकेको छैन ।

वैदेशिक लगानी नेपालजस्तो विकासोन्मुख देशका लागि अति आवश्यक रहन गएको छ । विकासोन्मुख देशमा आर्थिक–सामाजिक विकासका लागि पुँजीको अभाव रहने भएकाले विकासको पूर्वाधार खडा गर्न सरकारले चाहिँदो मात्रामा पुँजी लगानी गर्न सकिँदैन भने अर्कातिर निजी क्षेत्रले पनि आफूसँग भएको पुँजीलाई विकासको कार्यमा लगानी गर्न चाहँदैन । त्यसकारण देशको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न सहुलियत तथा सुविधा दिलाएर विदेशीहरूलाई पुँजी लगानी गराउने वातावरण सिर्जना गरिनु अति आवश्यक रहन आएको छ । वैदेशिक लगानीका लागि पुँजी मात्र उपलब्ध नभई व्यवस्थापकीय क्षमता, प्राविधिक जनशक्ति, प्राविधिक ज्ञान, प्रशासनिक दक्षता, नयाँ उत्पादन विधि, व्यावसायिक संस्कार आदि पनि देशमा भित्रिन्छ । वैदेशिक लगानीबाट घरेलु लगानीसमेत प्रोत्साहित भई सस्तो मूल्यमा गुणस्तरयुक्त वस्तुहरू उपभोग गर्न उपभोक्ताहरू सफल हुन्छन् ।
वैदेशिक लगानी प्रचुर मात्रामा देशमा भित्रिएमा करको माध्यमबाट सरकारले राजस्व पनि बढाउन सक्छ । खुला र उदार अर्थव्यवस्थाको माध्यमबाट मात्र कुनै पनि देशको आर्थिक र भौतिक विकास सम्भव हुन्छ भन्ने नीतिगत मान्यताको सदर सन् १९९० तिर भएपछि विकासशील मुलुकहरूले विदेशी लगानीलाई आफ्नो देशमा भिœयाउनका लागि विभिन्न हिसाबले ऐन–कानुनमा परिवर्तन र परिमार्जन गर्न थाले र प्रशस्त सुधारहरू भए, त्यसपछि मात्र विदेशी लगानीले राष्ट्रिय मान्यता पायो । श्रम, सीप र कच्चा पदार्थको प्रचुरता भएको मुलुकमा वित्तीय स्रोत र प्राविधिक ज्ञानको उपयोग गर्न सके आय, रोजगारीमा वृद्धि र साधनको सदुपयोगिताको प्रत्याभूति हुन सक्दछ । दोस्रो विश्वयुद्धपश्चात् युरोपमा अमेरिकी लगानी र जापानमा वास्तविक बचत र बाह्य लगानी दक्षिण कोरियामा वैदेशिक लगानी उक्त देशहरूको आजको आर्थिक उन्नतिको द्योतक मानिन्छ ।
वैदेशिक लगानीमा नगदी, जिन्सी र प्रविधिसमेतको पुँजी एकत्रित भएको हुन्छ । वैदेशिक लगानीकर्ताहरू व्यक्ति, फर्म वा कम्पनीले विदेशमा लगानी गर्न इजाजत प्राप्त गरेपछि लगानी गर्ने देशमा विद्यमान कानुनी प्रावधानअनुसारका सेवा र सर्तहरूको पालना, उद्योग व्यवसाय सञ्चालन एवम् नियन्त्रण तथा मुनाफाको परिचालन गर्न पाउने गरी लगानी गर्न सक्छन् । वैदेशिक लगानीको स्वरूप वा बनोट मुख्य रूपले तीन प्रकारको हुने गर्छ– (१) वैदेशिक प्रत्यक्ष लगानी, (२) पोर्टफोलियो लगानी र (३) प्रविधिको हस्तान्तरण ।
वैदेशिक प्रत्यक्ष लगानीअन्तर्गत विदेशी लगानीकर्ता कम्पनी, बहुराष्ट्रिय कम्पनी, फर्म वा व्यक्तिले सीधै, लगानीको प्रस्ताव राखी इजाजत प्राप्त गरी उद्योग वा व्यवसाय सञ्चालन गर्छन् । उद्योग वा व्यवसायबाट आर्जित नाफा लगानीकर्ताहरूले आफ्नो देशमा लैजान पाउँछन् । पोर्टफोलियो लगानीमा भने विदेशीहरू लगानी गर्ने देशमा आई इक्विटी वा सेयरको माध्यमद्वारा लगानी गर्छन् र लगानी गरेको अनुपातमा उद्योग, व्यापार र व्यवसायको सञ्चालन एवम् नियन्त्रण तथा मुनाफामा सहभागी हुन्छन् । प्रविधिको हस्तान्तरणले उद्योग र लगानीकर्ताबीच विदेशी उत्पत्तिको कुनै प्रविधिसम्बन्धी अधिकार विशिष्टता, फर्मुला, प्रक्रिया, पेटेन्ट वा प्राविधिक ज्ञानको उपयोग गर्ने, विदेशी स्वामित्वको टे«डमार्क उपयोग गर्ने तथा वैदेशिक प्राविधिक सल्लाहकार, व्यवस्थापन एवम् बजार सेवा उपलब्ध गर्नेलगायतका विषयमा आपसी सम्झौता गरी स्वदेशमा भित्र्याइने गरिन्छ । जसमा सम्झौतामा उल्लेख भएअनुसार सेवा, सर्त, काम, कर्तव्य र अधिकारको सिर्जना हुने गर्छ ।
विदेशी लगानीको अनुमति प्राप्त लगानीकर्ताले नेपालमा उद्योग सञ्चालन गर्न पाउँछन् । विदेशी लगानीकर्ता भन्नाले प्रविधि हस्तान्तरण गर्ने, विदेशी मुद्रा लगानी गर्ने व्यक्ति वा संस्थालाई बुझाउँछ । विदेशी लगानीकर्ता भन्नाले प्रविधि हस्तान्तरण गर्ने, विदेशी मुद्रा लगानी गर्ने व्यक्ति वा संस्थालाई बुझाउँछ । विदेशी लगानीकर्ताबाट हाम्रो देशले प्रविधि आयात र वैदेशिक मुद्रा लगानीको अपेक्षा राखेको छ । विदेशी लगानीकर्ताले नेपालमा लगानी गरी प्राप्त नाफालाई आफ्नो देशमा लैजान सक्ने कानुनी संरक्षण भएमा मात्र लगानी गर्न आउँछन् ।
विदेशी लगानीकर्ताले लगानी गरेको पुँजीगत सम्पत्ति बिक्री गरेर प्राप्त गर्ने रकम समेत आफ्नो देशमा फिर्ता लैजान पाउने तथा निजको उद्योग राष्ट्रिय करण नगरिने प्रत्याभूति भएको अवस्थामा आफ्नो लगानी सुरक्षित हुने हुँदा विदेशी लगानी गर्न आकर्षित हुन्छ । अतः विदेशी लगानीकर्ताको लगानीको पुँजी तथा आय निजको राष्ट्रमा फिर्ता लैजान पाउने समुचित व्यवस्था विदेशी लगानीकर्ताले अपेक्षा राख्ने राष्ट्रले गर्नुपर्छ । विदेशी लगानीकर्ता व्यवसाय गर्न आउने हो अनुदान दिन भन्ने तथ्य विदेशी लगानी
नेपालमा हालसम्म ७९ मुलुकका ४ हजारभन्दा बढी लगानीकर्ताले लगानी गर्न रुचि देखाएका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी गर्ने मुलुक भने भारत नै हो । भारतले अहिलेसम्म नेपालमा करिब ६ सयवटाभन्दा बढी उद्योगमा करिब १५० अर्बको हाराहारीमा रुपैयाँ लगानीको प्रतिबद्धता देखाएको छ । त्यसमध्ये धेरै लगानी भइसकेको दाबी छ । दोस्रो स्थानमा रहेका चीनले ६ सय २५ भन्दा बढी उद्योगमा करिब १६ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएको छ । यसका अलावा एशियाली,अमिरकी, युरोपेली लगानीकर्ताहरू मात्र होइनन्, अफ्रिकाबाट समेत लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक देखिएका छन् ।

बाह्य लगानीका लागि नेपालको सकारात्मक पक्षहरू
नेपाल निम्न कारणले गर्दा लगानीको उपयुक्त स्थलका रूपमा रहेको छ :
 संविधानसभामार्फत भर्खरै नयाँ संविधान जारी भई लामो समयको संक्रमणकाल करिब–करिब अन्त्य भएकाले गर्दा अब देशले स्थिरता पाउने र आर्थिक विकासमा फड्को मार्ने प्रवल संभावना मात्र होइन अवसर नै छ । लगानीकर्ताहरूका लागि यो एक सुवर्ण मौका हो ।
 बाह्य लगानीका लागि संवैधानिक तथा कानुनी प्रत्याभूति छ ।
 नयाँ वैदेशिक लगानी नीतिका कारण उदार नीति वातावरण बनेको छ ।
 कर तथा महसुल छुट र प्रशासनिक प्रोत्साहनको सुविधा उपलब्ध छ ।
 नेपालमा उपलब्ध सस्तो श्रम अर्को सकारात्मक पक्ष हो ।
 संसारका दुई उदीयमान ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेको रणनीतिक अवस्थितिले उत्पादित वस्तु तथा सेवाको बजार उपलब्ध छ ।
 दुवै ठूला छिमेकी अर्थतन्त्रसँग सहकार्य गरी पारस्परिक लाभ विस्तार गर्न सकिने स्थिति पनि विद्यमान छ ।
 प्रचुर प्राकृतिक साधनस्रोत युक्त मुलुक हुनाका साथै साधन स्रोतको उपयोग न्यून मात्र भएको छ । नेपालका थुप्रै प्राकृतिक सम्पदाहरू उपयोग नभई करिब भर्जिन नै रहेकाले उपयोग र लाभको प्रशस्त सम्भावना छ ।
 बजारको खाँचो छैन भने औद्योगीकरणको सम्भावना त्यत्तिकै छ ।
 औद्योगीक सुरक्षाका लागि छुट्टै सुरक्षा बलको व्यवस्था भएको छ ।
 अहिले राजनीतिक एजेण्डा र विकासलाई सँगै लैजानुपर्छ भन्ने विषय राजनीतिक दलहरूको छलफलको विषय बनेको छ ।
 श्रम सम्बन्धमा सुधार आउने क्रम बढेको छ ।
आर्थिक वर्ष २०७५-२०७६ को फागुनसम्म २१८ उद्योगहरूमा रु ११ अर्ब १८ करोड ६ लाख ३० हजारको लगानी प्रतिवद्धता भई ७९५३ रोजगारी सिर्जना हुने अनुमान छ । आर्थिक वर्ष २०७४ २०७५ को फागुनसम्म १९४ उद्योगमा रु. ३४ अर्ब ९१ करोड लगानी प्रतिवद्धता भएको र यसवाट ७५४१ रोजगारी सिर्जना हुने अनुमान थियो । विदेशी लगानीमा सञ्चालन हुने उद्योगहरूको दर्ता बढदो क्रममा रहेको देखिन्छ । विदेशी लगानीमा स्थापना हुने उद्योगहरूमा प्रक्रियागत सरलताका लागि एकल विन्दु सेवा सुरू भएको छ । आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म दर्ता भएका विदेशी लगानीका उद्योगहरूमध्ये सबैभन्दा बढी सेवामूलक उद्योगहरू रहेका छन् भने सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगहरू सबैभन्दा कम दर्ता भएका छन् । रोजगारी सिर्जनका आधारमा उत्पादनमूलक उद्योगहरू सबैभन्दा अगाडि रहेका छन् भने सूचना, प्रसारण र सञ्चार प्रविधिमा आधारित एदोगहरूमा रोजगारी सिर्जनाको सङ्ख्या पनि सबैभन्दा कम रहेको छ । आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म दर्ता भएका विदेशी लगानीका उद्योग सबैभन्दा बढी प्रदेश नं. ३ मा ८१.५ प्रतिशत र सबैभन्दा कम करिब १.० प्रतिशत उद्योग सुदुरपश्चिम प्रदेशमा रहेका छन् । आर्थिक वर्ष २०७५-७६ को फागुनसम्ममा विदेशी लगानीको स्वीकृति पाएका कुल उद्योगहरूको संख्याको आधारमाा चीनको अंश ३१.१ प्रतिशत र लगानीको आधारमा ३९.८१ पतिशत रहेको छ । यस्तो अंश भारतको क्रमशः १६.४ प्रतिशत र ३३.४ प्रतिशत रहेको छ । कुल विदेशी लगानीबाट स्थापित उद्योगहरूमा करिब २ लाख ५२ हजार रोजगारी सिर्जना हुने अनुमान छ । उद्योग व्यवसाय सञ्चालन सहजताको अवस्था चित्रण गर्ने व्यवसाय गर्ने प्रतिवेदन २०१९ का अनुसार १९० देशमध्ये नेपाल ११० औं स्थानमा रहेको छ । सन् २०१९ मा १०० पूर्णाङकमा ५९.६ अंक प्राप्त गरी व्यवसाय सञ्चालन सहजतामा सार्क देशमा नेपाल चौथो स्थानमा रहेको छ । सार्कका ८ मुलुकहरूको औसत ५६.७ भन्दा नेपालको अंक तूलनात्मक रूपमा राम्रो देखिएको छ । व्यवसाय गर्ने लागत सूचकांङ्कमा नेपालको सुरूवातमा १०७, साना लगानीकर्ताको सुरक्षमा ७२, सीमापार ८२, टाट पल्टिएको विवाद समाधानमा ८३, सम्पति दर्तामा ८८, ऋण प्रात्मिा ९९, विद्युत् उपलब्धतामा १३३, कर भुक्तानीमा १५८, करारको कार्यन्वयनमा १५४ र निर्माण अनुमतिमा १४८ स्थान रहेको छ ।
वर्तमान पन्ध्रौ योजना २०७६–२०८१ मा वैदेशिक लगानी कार्यक्रम
सोच
वैदेशिक दलगानी परिचालन मार्फत प्रतिस्पर्धी ए्वम गतिशील राष्ट्रिय अर्थतन्त्र निर्माण,
लक्ष्य
वैदेशिक लगानीको आकर्षण र अभिवृद्धि गरी उत्पादन, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने,
उद्देश्य
१. नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानीलाई उच्च र दिगो विकास गर्नु,
२. वैदेशिक लगानीको माध्यमबाट पुँजी, प्रविधि, प्राविधिक सीप तथा व्यवस्थापकीय कौशल भित्र्याउनु,
३. उपभोक्ता नआएमा प्राकृतिक स्रोतको उपयोग र पूर्वाधार विकास गर्नु,
रणनीति
१. प्रत्यक्ष वैदेशिक लगानी आर्षिक गर्न आवश्यक कानुनी संरचनागत र प्रक्रियागत सुधार र सरलीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने,
२. तुलनात्मक लाभ, उत्पादनमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी आकर्षित गर्ने,
३. स्थानीय स्रोतसाधन र सीपको उपयोग तथा प्रादेशिक सन्तुलन कायम हुने गरी प्रथामिकताका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्ने,
४. वैदेशिक लगानी परिचालनका लागि आर्थिक कूटनीतिलाई उपयोग गर्ने,
५. लगानीको प्रवेश, अनुमति, सञ्चालन बहिर्गमन सम्मका सेवा र सुविधा सरल र सहज तरिकाले एकै स्थानबाट उपलब्ध गराउने ।
नेपालमा हालसम्म पनि यातायात, सञ्चारजस्ता भौतिक पूर्वाधार र भवन, पानी इत्यादि अन्य पूर्वाधारहरूको विस्तार गर्न सकेको छैन । यस्तो पूर्वाधारहरूको विकास गर्नका लागि सरकारले उच्च प्राथमिकता दिनुपर्छ । औद्योगिक नीति २०४९ ले उद्योगी तथा लगानीकर्ताहरूलाई विभिन्न सुविधाहरू प्रदान गरे तापनि समय परिवर्तन अनुसार थप सुविधा उपलब्ध गराउनु आवश्यक रहन आएको छ । उत्पादित वस्तुहरू सुलभ रूपमा विक्री वितरण गर्न घरेलु तथा अन्र्तराष्ट्रिय बजारको विस्तार हुनु आवश्यक छ । श्रम ऐनलाई बदलिँदो परिवेशमा परिमार्जन गरी राम्रोसँग व्यवस्थित गरिनु पर्छ । देशमा लगानीको उचित वातावरणका लागि बैंकिङ तथा वित्तीय क्षेत्रको विस्तार र क्षमतामा अभिवृद्धि हुनु अपरिहार्य छ । सरकारहरू परिवर्तनसँगै नीतिहरूमा पनि परिवर्तन गरिनु हुँदैन । निश्चित समयसम्म विदेशी लगानी नीतिलाई स्थायित्वमा ल्याउनु आवश्यक छ । एकद्वार प्रणालीलाई व्यवस्थित गरी यसमार्फत भौतिक तथा अन्य सुविधा र सहुलियतहरू छिटो छरितो गरी प्रदान गर्न उचित संयन्त्रको व्यवस्था गरिनुपर्छ । ठूला मेसिनरी, प्लान्ट, पुँजीगत सामग्री, इत्यादि आयात गर्न वर्तमान आयात नीतिलाई अझ लचिलो, पारदर्शी र सरल बनाइनुपर्छ । अधिकांश ठूला उद्योगहरू स्थापना गर्दा ठूला ठूला मेसिनरी प्लान्ट इत्यादिको आवश्यकता पर्छ । देशमा विभिन्न भागहरूमा यस्ता आधारभूत उद्योगहरूको विकास गर्न निजी क्षेत्रलाई पुँजी लगाउने वातावरणको सिर्जना गरिनु पनि त्यत्तिकै आवश्यकता रहन आएको छ ।
बचत र लगानीको आवश्यकताबीचको अन्तर पूरा गर्न, आधुनिक प्रविधि, व्यवस्थापकीय तथा प्राविधिक कौशल भित्र्याई उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, देशमा नै उत्पादन गर्न सकिने तर हाल आयात भैरहेका वस्तु तथा सेवा उत्पादन गरी आन्तरिक माग पूर्ति गर्न तथा निर्यात विस्तार गर्न वैदेशिक लगानीको महत्वपूर्ण भूमिका हुन्छ । हालसम्म मुलुकले आर्थिक विकासमा यसको यथेष्ठ रूपमा उपयोग गर्न नसके पनि आगामी दिनमा उद्योग, सेवा र पर्यटनका क्षेत्रमा प्रसस्त लगानी बढाउन सक्ने देखिन्छ ।

चुनौती तथा अवसर : चुनौती व्यवसाय सञ्चालन तथा पारवहन लागतमा कटौती गर्नु, विद्युत्को नियमित आपूर्ति तथा औद्योगिक पूर्वाधारको सहज, भरपर्दो र पर्याप्त व्यवस्था गर्नु, वैदेशिक लगानीमा न्यूनतम राष्ट्रिय सहमति विकास गर्नु, युवा पलायनलाई निरुत्साहित गर्दै अद्र्ध दक्ष तथा दक्ष जनशक्तिको पर्याप्तता सुनिश्चित गर्नु र श्रमनीति तथा कानुनलाई बढी लचिलो र लगानीमैत्री बनाउनु प्रमुख चुनौतीका रूपमा रहेका छन् । अवसर नयाँ संविधानको कार्यान्वयन सुरु भएपछि बन्दै गएको लगानीको वातावरण, प्राकृतिक सम्पदाको प्रचुरता एवम् जैविक तथा सांस्कृतिक विविधता, तुलनात्मक रूपमा न्यून ज्यालादर, नेपाली समुदायको विदेशमा बढ्दो उपस्थिति र उनीहरूको सीप, क्षमता र अनुभवको अधिकतम परिचालन गर्नसक्ने सम्भावना, वैदेशिक लगानी, व्यापार तथा विकास सहकार्यसम्बन्धी बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय सम्झौताहरूबाट अन्तर्राष्ट्रिय बजार प्रवेशमा पाउने सहजता र छिमेकी मुलुकहरूमा भएको उच्च आर्थक वृद्धि एवम् बढ्दो मध्यमवर्गीय जनसङ्ख्याबाट व्यापार र लगानीका क्षेत्रमा फाइदा लिन सकिनेजस्ता अवसर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्