भारतले ल्यायो विश्वकै ठूलो राहत प्याकेज «

भारतले ल्यायो विश्वकै ठूलो राहत प्याकेज

प्रधानमन्त्री नरेन्द्र मोदीले हालै घोषणा गरेको २० लाख करोड भारुको प्रोत्साहन प्याकेजमा लकडाउनलेे बिगारेको अर्थतन्त्र बचाउनका लागि यो भन्दा पहिले घोषणा गरिएको मापनलाई पनि समावेश गरेको छ र साना व्यवसायलाई कर छुटमा जोड दिनुका साथै स्वदेशी म्यानुफ्याक्चरिङलाई लाभ दिने विषयलाई जोड दिएको छ । संयुक्त प्याकेजले सालाखाला १० प्रतिशत जीडीपीका लागि भूमिका निर्वाहा गर्नेछ । यो अमेरिकाले घोषणा गरेको वित्तीय प्याकेजपछि विश्वकै ठूलो हुने छ । अमेरिकाले ल्याएको प्याकेज जीडीपीको १३ प्रतिशत, जापानको जीडीपीको २१ प्रतिशत भन्दा माथि रहेको छ ।
२० लाख करोड भारुको प्याकेजमा १.७ लाख करोड प्याकेज गरिबलाई निःशुल्क खाद्यान्न र गरिब महिला र बुढापाकालाई नगद दिने विषय समावेश छ । यो प्याकेज मार्चमा घोषणा गरिएको थियो । यसका साथै आरबीआईले तरलताको नीति र व्याज दर कटौतीको पनि घोषणा गरेको छ । मार्चको प्रोत्साहन जीडीपीको ०.८ प्रतिशतको थियो । आरबीआईले व्याज दरमा गरेको कटौती र तरलता बढाउने नीति कुल जीडीपीको ३.२ प्रतिशत थियो ।
“नरेन्द्र मोदीले उनको कोभिड–१९ को महामारीकोको विषयमा राष्ट्रलाई गरेको तेस्रो सम्बोधन ‘भारतलाई आत्म निर्भर बनाउने विशेष आर्थिक प्याकेज’को घोषणा गरिदैछ । “यो प्याकेज सरकारले कोभिड संकटको अवधिमा सुरुमा गरेको घोषणा र आरबीआईले गरेको निर्णय साथै लिइएको हो । यो २० लाख करोडको हुने छ । यो भारतको जीडीपीको झन्डै १० प्रतिशत हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्