प्याजको शक्ति «

प्याजको शक्ति

हरेक नेपालीको भान्साको मुख्य जिनिस प्याज फेरि चर्चाको विषय बनेको छ । तरकारीका लागि प्याज काट्दा आँसु आउने कुरा स्वाभाविक हो, तर अहिले प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । प्याजको मूल्य केही दिनयता अत्यधिक वृद्धि भएको छ । दुई महिना अघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा पाइने प्याजको मूल्य अहिले बढेर थोक बजारमै प्रतिकिलो १ सय १० देखि १ सय ४० रुपैयाँ पुगेको छ ।
भारतको मूल्य अर्थात् महाराष्ट्रको नासिक जिल्लाको लासल गाउँमा एसियाकै सबैभन्दा ठूलो होलसेल बजारमा प्याजको मूल्य दुई गुणाले वृद्धि भएपछि भारत सरकारले सेप्टेम्बर २०२० को सेप्टेम्बरमा प्याजलगायत अत्यावश्यक वस्तुको निर्यातमा प्रतिबन्ध लगायो ।
उपभोक्ताको आक्रोशको कारण नभएको, खास गरी जब भारतको बिहारमा विधानसभाको चुनाव नजिकिएका बेला केन्द्र सरकारले भारतमा अत्यावश्यक वस्तुको उपलब्धतामा कमी नहोस् भनेर चुनावी रणनीतिका रूपमा अत्यावश्यक वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको हुनसक्छ । त्यसको असर नेपालमा प¥यो र झन्डै शतप्रतिशत प्याजको मूल्य वृद्धि भयो ।
भारतमा प्याजको मूल्य अकासिनुमा अगस्टमा भारतको कर्नाटक राज्यसहित प्याज उत्पादन हुने थुप्रै जिल्लामा असाधारण वर्षा भएको थियो, जसले खेतमा परिपक्व हुन लागेको प्याज बालीलाई क्षति पु¥यायो, त्यसका साथै भारतको मध्यप्रदेश, गुजरात र महाराष्ट्रका केही भागमा प्याज उत्पादन गर्ने अन्य प्रमुख राज्यहरूमा प्याजको भण्डारण गरेर बजार अभाव सिर्जना भयो । वर्षाका कारण वा आर्द्र मौसमले क्षति भए पनि कृषि उत्पादनको आपूर्ति अभाव–प्रेरित मूल्य वृद्धि कृषकहरूका लागि वरदान नै सावित हुने थियो, तर जब किसानहरू प्याजको मूल्य वृद्धि भएकाले पैसा कमाउँदै थिए, सरकारले निर्यातमा प्रतिबन्ध लगाइदियो । उक्त निषेधले किसानहरूलाई फाइदा पु¥याएन, बरु भारतीय बजारमा मूल्य घटाउन सहयोग ग¥यो । तर, नेपालमा भारतबाट निकासी प्रतिबन्ध भएकाले नेपाली बजारमा प्याजको मूल्य अत्यधिक बढ्यो ।
भारतीय कम्युनिस्ट पार्टीका किसान मञ्च, अखिल भारतीय किसान सावा (एआईकेएस), राष्ट्रवादी कांग्रेस पार्टीलगायतका विपक्षी नेताहरूले यस प्रतिबन्धको आलोचना गरेका थिए । एनसीपी नेता शरद पवारले निर्यात प्रतिबन्धको परिणामस्वरूप नजिकका छिमेकीहरू नेपाल, बंगलादेश र श्रीलंकासमक्ष भारतको छविको मुद्दासमेत ल्याए । यस प्रतिबन्धको कूटनीतिक नतिजाबाहेक, एक महाराष्ट्र सरकारका मन्त्रीले प्रतिबन्धले कृषकलाई हुने नोक्सानीलाई संकेत गर्दै हामीहरू कृषकको पक्षमा खडा हुनेछौं भन्ने अभिव्यक्ति दिए ।
नेपाली उपभोक्ताहरूले भारतको प्रतिबन्धको घोषणापछि महँगो मूल्यमा प्याज किन्न बाध्य भए । यो प्रतिबन्धले विगतमा भारतले नेपाललाई लगाएको नाकाबन्दीको स्मरण गराइदियो । विगतको नाकाबन्दीलाई सम्झेर भारतलाई गाली गरे पनि तीतो अनुभव भए पनि महँगो प्याज किनेर खान भने छोडेनन् । वास्तवमा भारतले आफ्नो बजारमा अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन त्यो नीति अवलम्बन ग¥यो, तर त्यसको मार नेपाली उपभोक्ताहरूमा प-यो । सबैले केही समयका लागि प्याज किन्न नै छाडिदिए भने अर्थशास्त्रको नियम लागू भएर मोल आफैं घटेर आउँछ, तर नेपालीहरूलाई भारतले प्याज पठाएन भने हामी भोकमरीमा पर्छौं भन्ने लाग्छ ।
प्याजको मूल्यवृद्धि भारतीय राजनीति र सरकार परिवर्तन गर्नसमेत यसको शक्तिशाली भूमिकासँग जोडिएको छ । सन् १९८० मा दिल्ली र राजस्थानमा भएको आमचुनावमा इन्दिरा गान्धीको नेतृत्वले नराम्रो पराजय भोग्नुपरेको थियो । किनकि ती राज्यहरूमा कांग्रेसले प्याजको उच्च मूल्यवृद्धिको एजेन्डालाई चुनावी मुद्दा बनाएका थिए ।
विगतमा भारतले नेपाललाई लगाएको नाकाबन्दीजस्तै यसपटक प्याजमा लगाएको प्रतिबन्धले नेपाली जनताले चर्को मूल्यवृद्धिको सामना गर्नुप-यो, जुन भारतबाट झण्डै ८० प्रतिशत आयात हुन्छ ।
प्याजको अत्यधिक मूल्यवृद्धिले नेपाललाई अप्ठेरोमा त पा-यो नै, भारतमा समेत मोदी सरकारको चर्को आलोचना भयो । छिमेकी मुलुकहरूसँग सम्बन्ध बिगा-यो भनेर कटु आलोचना भइरहेको छ । नेपाललाई यो प्रतिबन्धले आफ्नै मुलुकमा उत्पादन गर्ने तथा प्याजको उपलब्धतामा वैकल्पिक स्रोतहरू खोज्ने अवसरहरूको सिर्जना गरेको छ ।
बजारमा प्याजको अभाव र अत्यधिक मूल्यवृद्धिले नेपाल सरकारलाई प्याज उत्पादन र त्यसको भण्डारणमा राम्रो अवसर सिजना गरेको थियो, तर हामीले उक्त अवसरहरूबाट फाइदा लिन सकेका छैनौं । प्याजको मूल्यवृद्धिको चर्चा पनि यस्तो कि झन्डै दुईतिहाइको हाराहारीको बहुमत भएको कम्युनिस्ट पार्टीको सरकारलाई समेत हल्लाइदिने खालको बन्यो ।

प्रतिक्रिया दिनुहोस्