फाईभ–जीमा चीनले अमेरिकालाई उछिन्ने पक्का «

फाईभ–जीमा चीनले अमेरिकालाई उछिन्ने पक्का

बेइजिङ-चिनियाँ मोबाइल फोन ब्रान्डहरु फाइभ–जी को युगको नेतृत्व गर्ने दौडमा अगाडि बढेका छन् । विज्ञहरुले फाइभ–जी भएको मोबाइल फोन २०२० मा आउने अपेक्षा गरेका छन् ।
चिनियाँ मोबाइल फोन निर्माता वन प्लसका सीईओ पीट लाउले फाइभ–जीको संकेत प्रयोग गरेर ट्वीट गरेका छन् । उनको यो ट्वीट विश्वकै पहिलो फाइभ जी ट्वीट हो ।अगस्टमा उनले पहिलो फाइभ–जी कल गरेको उनले हालैको अर्को ट्वीटमा भनेका छन् ।
वन प्लसका पीआर प्रतिनिधिले वन प्लसले फाइभ–जी परियोजना २०१६ को सुरुमा स्थापना गरेको यसै वर्षको जुनमा फाइभ–जी प्रयोगशालाको स्थापना गरेको विज्ञप्तिमार्फत बताएका छन् ।
वन प्लसका सह संस्थापक कार्ल पीले आफ्नो कम्पनीले २०१९ मा फाइभ–जी व्यापारिक मोबाइल फोन लन्च गर्ने बताएका छन् ।
हुवावेले पनि २०१९ मै फाइभ–जी प्रविधिको पहिलो मोबाइल फोन लन्च गर्ने कम्पनीका कार्यकारीले यसै वर्षको २०१८ डाभोस फोरममा बताएका थिए ।
तर दुर सञ्चार विज्ञ सियाङ लिगाङले कुन चिनियाँ मोबाइल फोन कम्पनीले फाइभ–जी युगको नेतृत्व गर्छ भन्न मुश्किल भएको बताएका छन् ।
“फाईभ–जी नेटवर्कमाथिको प्रयोग पुरा भइसकेको छैन र हाल सम्म कुनै पनि कम्पनीले फाइभ–जी फोन लन्च गरेका छैनन् । यसको वास्तविक परिचालनको समय हाल सम्म पनि एकिन भइसकेको छैन,” सियाङले बताएको ग्लोबल टाइम्सले जनाएको छ ।
चिनियाँ स्वदेशी मोबाइल फोन ब्रान्डले नाम नबताउने शर्तमा सबै चिनियाँ फोन निर्माताले फाइभ–जी फोन निर्माण गरिरहेको बताएका छन् । कुनै कम्पनीले यसबाट विशेष फाइदा लिन सक्ने विषयमा बताउन उनले अस्वीकार गरेका छन् । फाइभ–जी फोन सार्वजनिक रुपमा बिक्री गरिनुपूर्वको समय लामो नभएको पनि सियाङले बताए ।
“हाल फाइभ–जीको भित्री, बाहिरी र मुख्य सडको प्रयोग सबै भइसकेका छन् । मुख्य सहरको प्रयोग चलिरहेको छ र आगामी वर्ष केही प्रयोगकर्ताको परिक्षण लन्च गरिनेछ । यी सबैका आधारमा २०२० मा फाइभ–जी मोबाइल फोनको लन्च हुनेछ,” सियाङले बताए ।
फाइभ–जी मोबाइल फोनको मामिलामा चीन विश्वको अग्रणी हुने सम्भावना बढी भएको विषयमा उनले जोड दिए ।
यो धारणा अन्य अन्तर्राष्ट्रिय मिडियाका समाचारमा पनि व्यक्त भइसकेको र चीनले अमेरिका जस्ता केही मुलुकको तुलनामा चीन अग्रणी हुने सियाङले बताए ।
“फोर–जीको लोकप्रियतामा पनि चीनले अमेरिकालाई उछिनिसकेको छ । चीनमा फोर –जीको ४० लाख आधार स्टेसन रहेका छन् । यसको तुलनामा अमेरिकामा ३० हजार आधार स्टेसन मात्रै रहेका छन् । यसको अर्थ अमेरिकाका कतिपय दुर्गम जिल्लाहरुमा फोनको संकेत नभएको लाग्छ,” सियाङले बताए ।

प्रतिक्रिया दिनुहोस्