स्याहारमा जुटेका दुई छोरासहित बाबुको कोरोनाले लियो ज्यान «

स्याहारमा जुटेका दुई छोरासहित बाबुको कोरोनाले लियो ज्यान

तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु गएको छ । भीमाद नगरपालिका ६ का ९८ बर्षीय धर्मकुमार श्रेष्ठ र उनका दुई छोरा सहित एकै परिवारको तीन जनाको कोरोनाको कारण मृत्यु भएको भिमाद नगरपालिकाका उपमेयर शारदा खनालले बताइन् ।
आफूहरुले आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण सामुदायिक स्तरमा फैलिन नदिन उच्च सतर्कता अपनाउँदा अपनाउँदै निकै दुःखलाग्दो घटना हुन गएको उनले जनाइन् ।
धर्मकुमारको काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, उनका माइला छोरा ७५ वर्र्षीय कृष्ण कुमार श्रेष्ठको काठमाडौंको डि एण्ड बि अस्पतालमा उपचारकै क्रममा असोज २४ गते र साइला छोरा ७१ बर्षीय बिष्णु कुमार श्रेष्ठको चितवनको घरमा एक्कासी बेहोस भई चितवन मेडिकल कलेजमा उपचारकै क्रममा असोज १९ गते मृत्यु भएको श्रेष्ठ परिवार श्रोतले जनाएको छ ।
९८ वर्षीय धर्मकुमार श्रेष्ठ बाबु बिरामी परेपछि चार भाइ छोराहरु उनको रेखदेखमा खटिएका थिए । जसमध्ये दुई भाई हाल कोरोना पोजेटिभ भई आइसोलेसनमा उपचार हँुदै छ । धर्मकुमारका जेठा छोरा करिब ७८ बर्षका रामकुमार श्रेष्ठ र कान्छा छोरा करिब ६६ बर्षका अमृत कुमार श्रेष्ठ हुन् । मृतक धर्मकुमार श्रेष्ठका नाति सुमन कुमार श्रेष्ठले अस्पतालको लापरवाहीले गर्दा आफ्ना हजुरबा सहित एकै परिवारका तीन जनालाई कोरोनाको कारण गुमाउनु परेको गुनासो गरे । दम रोगबाट ग्रसित भएका हजुरबाको चितवनको सि.एम.सि.मेडिकल कलेजमा उपचार गरे पश्चात पुनः थप उपचारको लागि मनकामना अस्पतालमा लगिएको जहाँ करिब ६ दिनको उपचार पश्चात काठमाडौंको मेडिसिटिमा लगिएको सुमनले बताए । सिएमसिमा उपचारकै क्रममा कोरोना परिक्षण गर्दा नेगेटिभ आएको र उक्त अस्पतालमा बढी भिड भाड भएकोले मनकामना हुँदै मेडिसिटिमा लग्दा मेडिसिटिमा उपचारकै क्रममा कोरोना परिक्षण गर्दा पोजेटिभ नतिजा आएको सुमनले जनाए ।
मेडिकल कलेजले औषधि उपचारको मात्र ३ लाखको भुक्तानी दाबी गरेको जसको डिटेलमा विल नदिएको सुमनले जनाए । उनले भने, “हामी एक त पिडामा छौं, यो अबस्थामा पैसाको कुरा गर्ने होइन तर पनि विना विलको लाखौं रुपैयाँ कसरी तिर्ने ? सम्बन्धित अस्पतालले अर्को मेडिकल अस्पतालको नाममा रकम जम्मा गर्न भनिएको छ, जहाँ राज्यलाई तिर्नुपर्ने कर छलि पनि भएको हुन सक्छ ।”
बुबाको स्यहारसुसारमा खटिएका ४ छोरामध्ये दुई छोराको मृत्यु भए पश्चात बाबुको पनि मृत्यु भएको खबरले हाल तनहुँ भिमाद निकै शोकमा परेको भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोसीले बताए । बिष्णु कुमारीकी श्रीमती र उनका चालकमा कोरोना पोजेटिभ देखिएसंगै हाल उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा हाल उपचार भई रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्