Logo

क्लिनफिड प्रसारणको म्याद थप नहुने

सरकारले आगामी ७ कात्तिकसम्म विदेशी च्यानल क्लिनफिड (विज्ञापनमुक्त) हुनैपर्ने जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिनफिड प्रसारण हुनैपर्ने जनाएको हो । मन्त्रालयले प्रसारण गर्नु पर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था गरे अनुसार समय पूरा भएको पनि स्पष्ट पारेको छ ।
यसअघि भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्कस, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न गर्न माग गरेका थिए ।
तर, मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरीएको भन्दै त्यसो नभएमा कानून बमोजिम हुने चेतावनी दिएको छ । कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण समेत गर्न पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानललाई जरिवाना गराउनेदेखि बन्द गर्नेसम्मको कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्