मुस्ताङका भेडा च्याङग्रा पोखरामा «

मुस्ताङका भेडा च्याङग्रा पोखरामा

?

हिमालपारीको जिल्ला मुस्ताङबाट पोखरामा यस वर्षको वडा दसैं पर्व लक्षित हुने गरी भेडा च्याङग्रा भित्रिएका छन् । पोखरा १४ का प्रकाश कुँवरसहितको टोलीले पोखरामा एक सय ८७ वटा भेडा च्याङग्रा भित्राएको छ भने अन्य तीन÷चार समूहले समेत भेडा च्याङग्रा पोखरा भित्र्याउँदै गरेको व्यवसायीहरु बताए छन् । तिब्बतबाट यस वर्ष हालसम्म भेडा च्याङग्रा मुस्ताङमा नभिएित्रकाले गर्दा स्थानीय भेडा च्याङग्रा खरिदमा भने केही महंगो भएकाले पोखरामा आफूहरुले ३० हजार देखि ३५ हजार मूल्यमा बिक्री गर्न थालेको कुँवरले बताए ।
यस वर्ष मुस्ताङमै प्रति भेडा च्याङग्रा करिब २७ हजारमा भेडीगोठबाटै खरिद गर्नुपरेको बताए । उनले ३० केजीदेखि ४५ केजी तौलसम्मका भेडा च्याङग्राको हाल तौल रहेको जनाए । पोखरामा भेडा च्याङग्रा भित्रिएसँगै करिब ५० प्रतिशत भेडा च्याङग्रा बिक्री भएको कुँवरले बताए । पोखरामा आफूहरु पछि अन्य ३÷४ समुहले भेडा च्याङग्रा भित्र्याउँदै गरेको उनले बताए । गत वर्ष पोखरामा प्रति भेडा च्याङग्राको मूल्य २६ हजारदेखि २९ हजारसम्ममा सुरुमा बिक्री भएको थियो ।
हरेक वर्ष दसैंको बेलामा वार्षिक रुपमा २० हजारको हाराहारीमा भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिने भए पनि यस वर्ष हालसम्म ६ हजार २ सय २५ वटा भेडा च्याङग्रा बाहिरिएको वरिष्ठ पशु विकास अधिकृत डा. शुधिर थापाले बताए । मुस्ताङबाट बाहिरिनुअघि भेडा च्याङग्राको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य प्रमाण–पत्र समेत उपलब्ध गराउँदै आएको पशु कार्यालयले जनाएको छ ।
चीनबाट यस वर्ष भेडा च्याङग्रा नभित्रिएकाले बढी मूल्य तिरेर भएपनि खाद्य तथा व्यापार कम्पनीले काठमाडौं लैजाने डा.थापाले बताए । जिउँदो भेडा च्याङग्रा खरिदमा ५ सय ६० देखि ६ सय केजी मूल्यमा खाद्य संस्थानले खरिद गर्न खोजे पनि व्यवसायीहरुले मुस्ताङमै ७ सय ५० देखि ८ सयमा बिक्री गर्दा खाद्यले खरिद गर्न नसकेको उनले जनाए ।
हिमालपारी जिल्लामा जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्रा खाँदा स्वास्थ्यका
दृष्टिले पनि फाइदा हुने विश्वासका आधारमा दसैंमा भेडा च्याङग्रा खाने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्