निगमका नवनियुक्त महाप्रबन्धक पौडेलको पदभार ग्रहण «

निगमका नवनियुक्त महाप्रबन्धक पौडेलको पदभार ग्रहण

????????????????????????????????????

नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पौडेललाई गत साता सरकारले ४ वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित पौडेल यसअघि निगम सञ्चालक समितिको सदस्य रहेका थिए । पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गरे ।
नव नियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भएपनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे । निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास पौडेलले व्यक्त गरे । परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्