मान्छेभन्दा चलाख ‘एआई चाइल्ड’

गुगलको सुपर कम्प्युटरले कृत्रिम बौद्धिकता (एआई)मा आधारित बालक बनाएको छ । गुगलको यो एआई चाइल्डले मानिसले बनाएको कुनै मेसिन पछाडि पार्न सक्छ । गुगलका अनुसन्धानकर्ताहरूले यो एआई चाइल्ड बनाएका हुन् ।
गुगलमा क्रियाशील मानिसहरूले नै बनाएको कुनै मेसिनभन्दा पनि यो धेरै कार्य गर्न सक्ने क्षमताको मानिएको छ । यो एआई चाइल्डलाई विभिन्न काम गर्न सिकाइन्छ । यो विधिलाई रिइन्फोर्समेन्ट लर्निङ भनिन्छ । यो विधि भनेको कुनै कार्य दिएर गर्न लगाउने तालिम हो । तालिमका आधारमा एआई चाइल्डले अह्राएको काम गर्छ । एआई चाइल्डको अभिभावक एआई प्यारेन्टले उसलाई सिकाइमा मद्दत गर्छ । एआई प्यारेन्टले एआई चाइल्डलाई काम कसरी राम्रो गर्न सकिन्छ भन्ने कार्य सिकाउँछ । यो विशेष खालको एआईले वस्तुहरूको पहिचान गर्छ ।
वास्तविक समय (रियल टाइम)मा तयार पारिएको कुनै भिडियोमा देखा पर्ने मानिसहरू, कारहरू, हाते झोलाहरू र सडक बत्ती (ट्रफिक लाइट)जस्ता वस्तुको पहिचान गर्छ । यसरी तयार गरिएको सिर्जना एआई चाइल्डले केही मेसिनले तयार पारिएका कार्यक्रम (प्रोग्य्राम)हरूलाई बुझ्न सक्छ । यो बुझाइको उत्कृष्टता मानिसले बनाएकाहरू भन्दा धेरै राम्रो छ । यो एआई चाइल्डलाई नासनेट भनिएको छ । यो नासनेटलाई कुनै स्वतन्त्र नेटवर्कबाट नियन्त्रित गरिन्छ । यसलाई अटोएमएल भनिएको छ । अटोएमलको निर्माण गुगल ब्रेनले बनाएको छ । यसले कुनै विशेष दिइएको कामलाई कसरी गर्न सकिने हो, त्यसबारे एआई चाइल्डलाई सिकाउँछ । यसरी सिकाउँदा कुनै कार्य गर्नलाई एआई चाइल्डलाई बुझ्न सहज होस् भनेर हजारौं पटक सो प्रक्रिया दोहोयाउने गरिन्छ ।
इमेजलाई सही सही पहिचान गर्ने कार्यको परीक्षण गर्दा अनुसन्धानकर्ताहरूले नासनेटले ८२.७ प्रतिशत सही ठहर गरेका छन् । अहिले धेरै जस्तो शिक्षण संस्थाहरूले अंगीकार गरेको परीक्षण विधिअनुसार यो प्राप्तांक विशिष्ट (डिस्टिंक्सन) हो । ८० अंक भन्दा माथिको प्राप्तांक डिस्टिंक्सन हो । यो परिणाम यसअघिका परिणाम भन्दा १.२ प्रतिशत भन्दा राम्रो छ । साइन्स अल्र्टले जनाएअनुसार यसमा अझ ४ प्रतिशत बढी सक्षमता छ ।
यसरी यससम्बन्धी प्राप्त भएको तथ्यले स्वचालनले (अटोमेसन)ले आफैं बढी भन्दा बढी एआई बनाउन सक्ने देखाउँछ । यसो किन हुने भन्दा यो प्रणाली भनेको खुला स्रोत (ओपन सोर्स) हो । यो प्रविधिमा आधारित प्रणालीका विकासकर्ता (डिभलपर) हरूले आफ्ना यस्ता प्रोग्य्राम वा भर्सनहरूको विस्तार गर्न सक्षम छन् ।
अनुसन्धानकर्ताहरूले आफ्ना ब्लग पोस्टमा डिभलपरहरूले यस्ता कार्य गर्न सक्षम भएको जनाएका छन् । उनीहरूका अनुसार डिभलपरहरूले बहुअवधारणागत कम्प्युटरको सिर्जना गर्नेछन् । जसले समस्याहरूलाई हेर्न सक्छन्, जुन समस्याको बारेमा हामीले अझसम्म कल्पना सम्म गरेका छैनौं । यद्यपि यस्ता प्रविधिको विकासहरूसँग नैतिक समस्याहरू निम्त्याउँछन् । डिभलपरहरूले निर्माण गर्न सक्ने सुपर स्मार्ट एआईको सिर्जनाले खतरा निम्त्याउने भनेर धेरै मानिसले सजग गराइरहेका छन् । यस्तो प्रविधिको विकास कार्यमा हुने सक्ने समस्याका बारेमा डिभलपरहरूले सावधानी अपनाउनुपर्ने उनीहरूको तर्क छ ।
डिसेम्बरको अन्त्यतिर टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले एक पटक फेरि मेसिनहरूको उदयका विषयमा आफ्ना आशंकाहरू सार्वजनिक गरे । ६ फिट ९ ब्याकको उफ्रिने रोबोटको फुटेज हेरेपछि प्रतिक्रिया दिँदै टेस्लाका प्रमुख कार्यकारी मस्कले भने, “एआईको विकासमा नियन्त्रणको आवश्यकता छ वा अन्यथा यो मानिस जातिका लागि मीठो सपना हुन सक्छ ।” यस प्रकारको एआई प्रविधिको विकास गर्ने खालका प्रविधिहरूको विकास गर्न दिइने अनुमतिलाई अनियन्त्रित छोड्न नहुने भन्नेहरूमा अर्बपति टेस्ला प्रमुख कार्यकारी मस्क खरो आलोचकका रूपमा देखिएका छन् । उनले मानव सभ्यताको अस्तित्वलाई विनास गर्ने आधारभूत जोखिमको रूपमा यसलाई अथ्र्याउने गरेका छन् ।
भक्स मेडियाको ब्रान्ड डिजाइन गर्ने अलेक्स मेडिनाका युसरले गरेको ट्विटको जवाफ दिँदै मस्कले ट्विट लेखेका छन् । एरोबेटिक प्रदर्शनीमा बोस्टन डायनामिकको एटलस मेसिनले गरेको प्रदर्शनको फुटेजलाई पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, “हामी मरिसकेका छौं (वी डेड)” । मेडिनाको ट्विटबारे प्रतिक्रिया व्यक्त गर्दै मस्कले लेखेका छन्, यो केही होइन । केही वर्षमा त्यो बोट (एआईमा आधारित मेसिन)ले यति तीव्र गतिमा कुद्छ कि त्यतिखेर यसलाई हेर्न तपार्इंलाई अत्यधिक प्रकाशको आवश्यकता हुनेछ ।”
उनले थपे, “हामीले खाना, औषधि, विमान र कारका लागि चाहिने नियमनकारी निकाय खोजे जस्तै एआई-रोबोटहरूका लागि नियमन प्राप्त गरौं । सार्वजनिक जोखिमहरूका लागि सार्वजनिक दृष्टिकोण चाहिन्छ । एफएएबाट मुक्ति पाएर हामीले सुरक्षित उडान पाउँदैन । तिनको आवश्यकता असल उद्देश्यका लागि हुन्छन् ।”
हालसालै एक संवाद कार्यक्रममा मस्कले एआईलाई सुरक्षित गर्ने प्रयासहरूले सफलता पाउने सम्भावना ५ देखि १० प्रतिशत मात्र रहेको दाबी गरेका थिए । मस्कले आफ्नो न्युरोलिंक कम्पनीका कामदारहरूसँगको छलफलमा यस्तो बताएका थिए । न्युरोलिंक कम्पनीले मगजमा कसरी प्रविधिलाई प्रत्यारोपण गर्न सकिन्छ र यसले कसरी कार्य गर्छ भन्ने विषयमा काम गरिरहेको छ । उनले एआईबाट सुरक्षित हुने विषयमा पूर्वानुमान गर्न छाडेका छैनन् । उनी भन्छन्, “एआईबाट सुरक्षित हुने कार्यमा सफलता पाउने सम्भावना ५ देखि १० प्रतिशत मात्र छ ।”
मस्कले सार्वजनिक गरेको नयाँ चेतावनी उनले जुलाईमा गरेका थिए । उनले भनेका थिए, “एआईलाई नियमन गर्नुपर्छ किनभने एआईको आधारभूत जोखिम मानव सभ्यताको अस्तित्वमा पर्छ ।” अर्बपति मस्कले नियमनकारी प्रावधानले मानवलाई कम्प्युटरको चलाखी वा गहिरो बौद्धिकताको सञ्जालबाट जोगाउँछ र यसले मिलेमतोमा सार्वजनिक हुने सूचनाबाट उत्पन्न हुने युद्धहरूलाई रोक्न सक्छ ।” सरकारहरूसँग तीव्र गतिमा भइरहेको एआई प्रविधिको विकासबारे राम्ररो जानकारी हुनैपर्छ । अनिमात्रै सरकारहरूले यसबाट हुनसक्ने जोखिमबाट मानवलाई जोगाउन सकिने उनको बुझाइ छ ।
(एजेन्सीको सहयोगमा)