जहरसिंहपौवा बन्यो डिजिटल गाउँ «

जहरसिंहपौवा बन्यो डिजिटल गाउँ

जहरसिंहपौवा अब डिजिटल गाउँ बन्ने भएको छ । शंकरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवालाई नेपाल एसबीआई बैंकको पहलमा डिजिटल गाउँ बनाउने अभियान थालिएको हो ।

अभियानको शनिबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र भारतको स्टेट बैंक अफ इन्डियाकी अध्यक्ष अरुन्धती भट्टाचार्यले संयुक्त रूपमा सुरुवात गरे । 

यो अभियानअन्तर्गत गाउँमा शतप्रतिशत वित्तीय समावेशिता पु¥याउने लक्ष्य लिइएको एसबीआईले जनाएको छ । कार्यक्रम अवधिमा गाउँमा डिजिटल सचेतना र वित्तीय साक्षरताको प्रवद्र्धन गरी गाउँलाई नगदविहीन कारोबार हुने गरी विकास गरिने लक्ष्य लिइएको छ ।

यसका लागि एसबीआईले एटीएम तथा क्यास रिसाइक्लर मेसिन, इन्टरनेट बैंकिङ कियोस्क, पीओएस मेसिन र निःशुल्क उच्च गतिको इन्टरनेट सेवा प्रदान गरेको छ । 

स्थानीय जनतालाई वित्तीय साक्षरता र डिजिटल बैंकिङका विषयमा तालिम प्रदान गर्नका लागि बैंकले ‘टेक लर्निङ सेन्टर’का नाममा तालिम केन्द्र पनि सञ्चालनमा ल्याएको छ । यो अभियानअन्तर्गत स्थानीय किसान तथा उद्यमीलाई विपन्नवर्ग कर्जा प्रवाह गर्ने पनि बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालले वित्तीय समावेशिता र सचेतना बैंकिङ क्षेत्रको विकासका लागि अत्यन्तै महत्वपूर्ण खम्बा रहेको बताए ।  एसबीआई सुरु गरेको डिजिटल गाउँ वित्तीय समावेशिताका लागि नौलो सुरुवात भएको समेत उनले बताए ।

स्टेट बैंक अफ इन्डियाकी अध्यक्ष भट्टाचार्यले जोहोरसिंहपौवामा जस्तै काम भारतका विभिन्न ठाउँमा सुरु गरिएको र त्यो अत्यन्तै सफल भएको बताइन् । डिजिटल गाउँको पहलबाट सकेसम्म धेरै लाभ लिन उनले स्थानीयवासीलाई अनुरोधसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्