कांग्रेस ट्रेड युनियन विभागद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण «

कांग्रेस ट्रेड युनियन विभागद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । कोभिड १९ बाट प्रभावित श्रमिकका समस्या समाधान गर्न आग्रह गर्दै कांग्रेसको विभागले ध्यानाकर्षण गराएको हो ।
विभागका प्रमुख शिवप्रसाद हुमागाईले प्रधानमन्त्रीलाई १९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानकर्षणपत्र बुझाएपछि प्रमुख हुमागाईले श्रमिक तथा टे«ड युनियन विभागले उठाएका मुद्दालाई सम्बोधन नगरे श्रमिक तथा मजदुरका लागि आन्दोलित हुने बताए । कोरानाका कारण रोजगारी गुमाएका १० लाख भन्दा बढी श्रमिकले अनुभूत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउँदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरुप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको छ । विभागले श्रमिकबाट उठाइएको १ प्रतिशत सामाजिक सुरक्षा कोषको रकमले रोजगारी गुमाएका श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको हो । श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्धार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने बिभागको माग छ ।

प्रतिक्रिया दिनुहोस्