Logo

नामले भन्दा पनि कामले रच्छ इतिहास

The Google logo is seen on a door at the company’s office in Tel Aviv January 26, 2011. This logo has been updated and is no longer in use. REUTERS/Baz Ratner/File Photo – S1AETNPYEXAB

आज विश्वका शक्तिशाली देश र ती देशमा बसोबास गर्ने व्यक्तिको नाम त्यत्तिकै विश्वभरि छाएको होइन । ती व्यक्ति, तिनको संस्थाको नाम आज संसारभरि फैलिनुमा उनीहरूको लगाव र मेहनत गर्ने वातावरण सिर्जना गर्ने सरकार नै प्रमुख हुन् । आज संसारमा चिनिएको गुगलले विश्वभरि नै आफ्नो वर्चस्व कायम गरेको छ । गुगल जुन उद्देश्यले स्थापना भएको थियो त्यहीअनुसार त्यस कम्पनी र त्यस कम्पनीमा आश्रित जनशक्तिको लगनशीलता र मेहनतको परिणामले गर्दा आज त्यस कम्पनीलाई संसारसामु चिनिन मद्दत मिलेको छ ।
विश्वभरि नै ख्याति, नाम र इनाम सबै कमाएका व्यक्तिका रूपमा वारेन वफेट चिनिन्छन् । पुँजीबजारको क्षेत्रमा आफ्नो स्थान उच्च बनाउन सफल बफेट आफू र आफ्नो कम्पनीको मेहनत, लगानी र परिश्रमले आज विश्वका धनाढ्यको सूचीमा तेस्रो स्थान हासिल गर्न सफल बनेका छन् । लगानीका क्षेत्रमा गर्नुपर्ने होसियारी, सावधानी, संयम्ता, धर्यता र लगनशीलताको एक गतिलो उदाहरण र हस्तीका रूपमा संसारले नमन गर्नुपर्ने व्यक्तिका रूपमा बफेट चिनिन्छन्, जुन उनको कामले रचेको इतिहास हो ।
अर्का व्यक्ति हुन्— अमेजनका संस्थापक जोसेफ । उनी अनलाइन व्यवसाय, आजको एक महŒवपूर्ण व्यापारको मालिक हुन्, जसले विश्वभरिनै अनलाइन व्यवसाय प्रवद्र्धन गरी विश्वसामु आफू र आफ्नो कम्पनीको वर्चस्व राख्न सफल भएका छन् । उनले सञ्चालन गरेको यस अनलाइन व्यवसाय उनी र उनको कम्पनी विश्वको धनाढ्य सूचीको नम्बर १ बनाउन सफल बनेको छ । उनका प्रतिस्पर्धी अन्य धनाढ्यहरू पनि उनको सम्पत्तिभन्दा धेरै तल रहेका छन् । जसलाई एउटा नामले भन्दा कामले रचेको इतिहास भन्न सकिन्छ । यदि जोसेफले यो व्यवसाय प्रवद्र्धन नगरेको भए उनी र उनको कम्पनीलाई चिन्न कसैले सक्ने थिएन ।
त्यस्तै फरक धारलाई अँगालेर फेसबुकले आज मानिसहरूको दैनिकीलाई नयाँ तरिकाबाट जिउने अवसर सिर्जना गराएको छ । परम्परावादी समाजलाई यस्ता सामाजिक सञ्जालहरूको विकाससँगै फरक तरिकाले मानिसहरूले दैनिकी चलाउन थालेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ल्याएको यस अवधारणामा हाल विश्वका कैयांै मानिस सामेल भएका छन् र यो एक अनिवार्य आवश्यकता नै हो भन्ने स्थितिको विकास गराउन सफल भएको छ । जुकरबर्गले यस किसिमको कार्य गर्ने अवधारणाले उनी र अर्काे संस्थालाई विश्वको धनाढ्य सूचीको नम्बर १० भित्र अटाउन सफल भएको छ, जुन नामले भन्दा पनि कामले रचेको इतिहास हो ।
सूचना प्रविधिलाई अँगालेर आज कम्प्युटरको आविष्कार गरी विश्वभरि एकाधिकार जमाएर विश्वको दोस्रो स्थानमा आफू र आफ्नो कम्पनीलाई विश्वसामु पु¥याउने धनाढ्य बिल गेट्सलाई पनि एक गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सले आफ्नो कम्पनीले विश्व बजारमा सञ्चालनमा ल्याएको माइक्रोसफ्टले आज विश्वका सबै देशमा गतिलो स्थान बनाएको छ । माइक्रोसफ्टका माध्यमबाट मानिसले आफ्नो सूचना प्रविधिका क्षेत्रमा एक गतिलो आयाम ल्याएको छ, जुन उनी र उनको कम्पनीको कामले रचेको इतिहास हो ।
भारतको प्रतिष्ठित व्यवसायी मुकेश अम्बानी पनि विश्वको माथिल्लो स्थानमा छन् । उनी र उनको कम्पनीले इन्धन आयात गर्ने ठूलो कम्पनीका रूपमा आफू र आफ्नो कम्पनीलाई विकास गरेका छन्, जुन उनी र उनको कम्पनीको कामले रचेको इतिहास हो ।
नेपालमा पनि यस्ता किसिमका नामले भन्दा पनि कामले आफू र आफ्नो कम्पनीको इतिहास रच्दै अघि बढ्दै गरेका व्यक्तित्वहरूको जन्म हुँदै गइरहेको छ, जसमध्येका एक व्यक्तित्व हुन्— कुलमान घिसिङ । जसले आफूलाई एक कुशल व्यक्तित्वका रूपमा स्थापित गर्न सफल भए । जसले अँध्यारो र अन्धकार नेपाललाई उज्यालो नेपालमा रूपान्तरण गर्न सफल भए र देश र जनताका निमित्त लोकप्रिय भन्न पुगे । आज उनलाई नेपाल विद्युत् प्राधिकरणबाट अवकाशपछिका दिनहरूमा पनि नेपाल र नेपाली जनताले एक कुशल, कर्मठ, नेतृत्व बोध गर्ने र कामलाई आफ्नो कर्तव्य ठान्ने व्यक्तिका रूपमा चित्रण गरिरहेका छन् । आज कुलमान घिसिङको पुनर्बहालीका निम्ति नेपाली जनताले आन्दोलन गर्नुपरेको छ । नेपाल विद्युत् प्राधिकरणमा पुनःनियुक्ति होस् भनेर आज नेपाली जनताले कुलमानका लागि संघर्ष गर्न थालेबाट पनि हामी प्रस्ट थाहा पाउन सक्छांै कि एक व्यक्ति भएर जिउनुभन्दा पनि एक व्यक्तिले गरेको कामले इतिहासमा एक प्रेरणाको स्रोत र एक गतिलो उदाहरण दिन सकिन्छ । आज कुलमानको नामले भन्दा पनि कामले रचेको इतिहासबाट प्रस्ट हुन सकिन्छ कि इतिहाससम्म नाम राख्नका लागि जसले पनि सिर्जनात्मक तथा कम्पनी र देशका निम्ति केही न केही उपलब्धमूलक कार्य गर्नुपर्छ; जसको परिणाम भविष्यसम्म पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्