ग्यास सिलिन्डरको मूल्य तोकियो «

ग्यास सिलिन्डरको मूल्य तोकियो

एलपी ग्यासको खाली सिलिन्डरको मूल्य २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले खाली सिलिन्डरको मूल्यमा एकरूपता कायम गर्नका लागि दुई हजार एक सय रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यसअघि विक्रेताले मनपरी मूल्यमा ग्यासको बिक्री गर्ने गरेकोमा उपभोक्ता नठगिउन् भनेर मूल्य निर्धारण गरिएको संघका अध्यक्ष गोकुल भन्डारीले जानकारी दिए । अहिले विक्रेताले खाली सिलिन्डरको मूल्य मनपरी लिँदा उपभोक्ता मारमा परेको तथा अन्योल बढेको भन्दै उनले मूल्य एउटै कायम गर्दा उपभोक्तालाई नै सहज हुने बताए । सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रूपमा रसिद लिन उपभोक्तालाई संघले आग्रह गरेको छ । संघले रसिदबिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ । यसअघि नै सिलिन्डर लिइसकेका उपभोक्ताले भने आफूले ग्यास किनिरहेको डिलरमा गएर रसिद लिनसक्ने संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्